रोल्पा, ३० भदौ ।
विगत तीन दिनदेखि जिल्लाको बागेश्वरी निमावि भावाङमा फैलिएको भाइरल रोग नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त जिल्ला स्वास्थ्यप्रमुख डा. बोम बिसीको नेतृत्वमा आएको टोलीले उक्त स्थानमा अनुसन्धान तथा जाँच गरी उपचारात्मक तथा परामर्श सेवा उपलब्ध गराएपछि रोग नियन्त्रणमा आएको हो ।
भदौ २७ गते बिहान एक्कासि लाइन बसेका विद्यार्थीलाई अत्यधिक ज्वरो आउने, मुर्छा पर्ने, खोकी लाग्ने, कम्पन आइ लाइनमै ढल्ने समस्या देखिएपछि उक्त विद्यालयका शिक्षक तथा अविभावकहरू आतङ्कित भई आकस्मिकरूपमा विद्यालय बन्द गर्ने निर्णय गरेका थिए । समयमै उपस्वास्थ्य चौकी भावाङमा खबर पुगेपछि निमित्त उपस्वास्थ्य चौकीप्रमुुख अशोक विकसहितको स्वास्थ्यकर्मी टोली पुगी प्रथमिक उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएपनि रोग नियन्त्रणभन्दा बाहिर आएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट आवश्यक औषधि तथा स्वास्थ्यकर्मी टोली उक्त स्थानमा पुुगेपछि रोग पूर्ण रूपमा नियन्त्रणमा आएको बताइएको छ ।विगत तीन दिनदेखि जिल्लाको बागेश्वरी निमावि भावाङमा फैलिएको भाइरल रोग नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त जिल्ला स्वास्थ्यप्रमुख डा. बोम बिसीको नेतृत्वमा आएको टोलीले उक्त स्थानमा अनुसन्धान तथा जाँच गरी उपचारात्मक तथा परामर्श सेवा उपलब्ध गराएपछि रोग नियन्त्रणमा आएको हो ।
पहिलो, दोस्रो र तेस्रो चरण गरी तीन दिनसम्म उपचार गरिएको थियो भने उपचारमा १ सय ८१ जना विद्यार्थी संलग्न थिए । साथै अन्य समुदायका पनि करिब ८० जनाको उपचार गरिएको डा. बिसीले बताए । जिल्लामा पहिलोपटक यस्तो समस्या देखापरे पनि अहिलेसम्म कुनै जटिल स्थिति नआएको बताइएको छ ।
No comments:
Post a Comment