रुकुम, ३० भदौ ।
जिल्लाका विभिन्न चारवटा सरकारी कार्यालयमा बाल मैत्री डेस्क स्थापना गरिएको छ । बाल दिवसको अवसरमा जिल्ला विकास समितिको पहल र समन्वयमा डेस्क स्थापना गरिएको हो । जिल्ला विकास समिति, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय र महिला तथा बालबालिका कार्यालयमा बाल मैत्री डेस्क स्थापना गरिएको छ ।
यसका साथै बालबालिकालाई खेलकुदमा सहयोग पुर्याउन, मनोरञ्जनमा सहभागी बनाउन तथा प्रकृतिसंग नजिक बनाउने उद्देश्यले सदरमुकाममा नै रहेको बालगृहमा बाल उद्यानको पनि स्थापना गरिएको छ । बाल दिवसको अवसर पारी शुक्रबार उद्यानको शिलान्यास पनि गरिएको छ । बालगृहमा रहेका बालबालिकाको सबै गतिविधिलाई स्वेच्छिक रूपमा नियन्त्रणमा राख्न उद्यान स्थापना गरिएको बताइएको छ । सरकारी कार्यालयमा स्थापना गरिएको बाल मैत्री डेस्कले बाल अधिकारी सुनिश्चित हुने विश्वास जिल्ला विकास समितिले लिएको छ । डेस्क स्थापनाले थोरै भएपनि बाल अधिकारको संरक्षण भएको छ ।जिल्लाका विभिन्न चारवटा सरकारी कार्यालयमा बाल मैत्री डेस्क स्थापना गरिएको छ । बाल दिवसको अवसरमा जिल्ला विकास समितिको पहल र समन्वयमा डेस्क स्थापना गरिएको हो । जिल्ला विकास समिति, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय र महिला तथा बालबालिका कार्यालयमा बाल मैत्री डेस्क स्थापना गरिएको छ ।
निमित्त स्थानीय विकास अधिकारी लीलाधर अधिकारीले जिल्लामा सञ्चालन गरिएको बाल मैत्री स्थानीय शासनलाई डेस्क स्थापनाले सघाउने धारणा व्यक्त गरे । जिल्लाका विभिन्न १५ गाविसमा बाल मैत्री स्थानीय शासन कार्यक्रम लागू भएको छ । बाल मैत्री अभ्यासले बालबालिकाको क्षेत्रमा ठूलो योगदान दिन सकिने विश्वास निमित्त स्थानिय विकास अधिकारीले व्यक्त गरे ।
No comments:
Post a Comment