जाजरकोट, २७ भदौ ।
जाजरकोटका एक दर्जन बढी गाविसमा खाद्यन्नको अभाव भएको छ । पुरानो अन्न सकिएको, नयाँ नपाकेको र खाद्य डिपोमा चामल नहुँदा जिल्लाका सक्ला, रग्दा, भगवती, नायकवाडा, रोकाय गाउँ, रामीडाँडा, पैक, दह, मजकोट, कोर्ता· , गर्खाकोटलगायतका दर्जन बढी गाविसमा खाद्य संकट परेको हो । जिल्लाका पजारु, दशेरा, नायकवाडा (घाट), र चौखा (रग्दा) डिपो चामल नहुँदा आठ महिनादेखि बन्द छन् ।
गत आर्थिक बर्षको सहुलियत दरको चामल अगाडि नै सकिएकोले समस्या भएको स्थानीय बासिन्दाको भनाइ छ । नायकवाडाका श्रमबहादुर सिंहले गाउँमा भएको अन्न सकिएकोले खाद्य संकट परेको बताए । उनले नयाँ बली नपाकेको र किनेर खाने अन्न पनि पाइन छोडेपछि गाउँलेहरु समस्यामा परेको बताए । ‘हुनेखाने र पैसा हुनेले घोडा खच्चडमा सदरमुकाम खलंगा, रुकुमको चौरजहारी तथा राडीज्युला र सल्यानको सल्लीबजारबाट खाद्यन्न ल्याउने गरेका छन् तर हामी गरीवलाई साह्रै समस्या भयो’ रोकायगाउँ–९ मुल्सामका नरबहादुर नेपालीले दु:खेसो पोखे । उनले सदरमुकाममा प्रति केजी ४० रुपैयाँ पर्ने चामल मुल्साममा ७० रुपैयाँ पर्ने गरेको तर त्यही मूल्य हालेर पनि भनेको बेला नपाइने बताए ।जाजरकोटका एक दर्जन बढी गाविसमा खाद्यन्नको अभाव भएको छ । पुरानो अन्न सकिएको, नयाँ नपाकेको र खाद्य डिपोमा चामल नहुँदा जिल्लाका सक्ला, रग्दा, भगवती, नायकवाडा, रोकाय गाउँ, रामीडाँडा, पैक, दह, मजकोट, कोर्ता· , गर्खाकोटलगायतका दर्जन बढी गाविसमा खाद्य संकट परेको हो । जिल्लाका पजारु, दशेरा, नायकवाडा (घाट), र चौखा (रग्दा) डिपो चामल नहुँदा आठ महिनादेखि बन्द छन् ।
गाउँमा उत्पादित अन्न महँगोमा घोडा, खच्चडलाई दाना खुवाउन पहिले नै स्थानीय ब्यापारीले खरीद गरेर लिएकोले पनि समस्या भएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्साका प्राचार्य गोरखबहादुर सिंहले बताए । उनले गाउँमा रहेका खाद्य डिपो नाम मात्रका भएको बताए । कर्मचारी डिपोमा नहुँदा सहुलियत दरको चामल ढुवानीको जिम्मा लिएका ठेकेदारले आफू खुशी तत्काल विक्री गर्नुले पनि यतिबेला खाद्य संकट परेको हो । ‘जोसंग नगद रुपैयाँ छ त्यसैले एकमुष्ट खरिद गर्ने र पछि चर्को मूल्यमा विक्री गर्ने गरेको प्राचार्य सिंहले बताए । जसको असर थोरै पैसा हुने गरीव जनतालाई परेको छ’ उनले भने । स्थानीय बासिन्दाले तत्काल डिपोमा चामल पठाउन माग गरेका छन् । सरकारले संस्थानमार्फत ढुवानी अनुदान दिएको चामल प्रतिकेजी ३५ रुपैयाँ मात्र पर्ने गर्दछ भने स्थानियले आफैंले ढुवानी गरेर लिंदा त्यसको दोब्बर मूल्य पर्ने गर्दछ ।
बर्षातका कारण यातायात सेवा सहज नहुँदा खाद्यन्न ढुवानीमा नहुँदा थप समस्या परेको छ । संकटग्रस्त गाविसको नजिकमा खाद्य पसल नहुँदा पनि समस्या परेको उनीहरुको भनाइ छ । विश्व खाद्य कार्यक्रमले जिल्लाका खाद्य संकटको उच्च जोखिममा रहेका ११ गाविसमा विगत ५/६ बर्षदेखि कामका लागि खाद्यन्नमार्फत बर्षेनी ४ हजार मेट्रिक टन खाद्यान्न वितरण गर्ने गर्दथ्यो तर गतबर्ष देखि उक्त कार्यक्रम जिल्लाका पैक र दह गाविसमा मात्र खुम्चिएको छ । जसका कारण ति गाविसहरुमा थप खाद्य संकट देखिएको हो ।
नेपाल खाद्य संस्थान शाखा कार्यालयका अनुसार डिपोका लागि प्रति डिपो ८ सय क्वीन्टल र जिल्ला सदरमुकामका लागि भने ४ हजार २ सय क्वीन्टल चामलको कोटा निर्धारण गरिएको छ । जिल्ला सदरमुकाममा भने गत आ.व.को करीब १ हजार क्वीन्टल चामल मौज्दात रहेको कार्यालय प्रमुख रामबहादुर बमले बताए । चालु आवमा डिपो र सदरमुकामको लागि आवश्यक चामलको ढुवानीका लागि टेण्डर आव्हान भै दुईवटा डिपो र जिल्ला सदरमुकामको लागि टेण्डर स्वीकृत भैसकेको र बाँकी दुईवटा डिपोको टेण्डर आव्हान भएको बताए । तर टेण्डर स्वीकृत भैसक्दा पनि भेरी नदीमा फेरी नचल्दासम्म ढुवानी मूल्य बढी पर्ने भएकोले ठेकेदारले मंसिरभन्दा अघि चामल ढुवानी गर्न आलटाल गर्ने गरेको प्रमुख बमले खुलासा गरे ।
जिल्लाका ग्रामीण भेगमा खाद्यान्न अभाव भएको स्वीकार्दै कार्यालय प्रमुख बमले भने, ‘डिपोमा चामल दिन नसकेपनि सदरमुकामबाट आवश्यकता अनुसार चामल वितरण भैरहेको छ ।’ उनले चाडवाड आइरहेकोले अझै खाद्यान्नको माग बढ्दै जाने र गाउँमा भोकमरी परेको हुँदा जिल्लाको खाद्य संकटलाई टार्न तत्काल १ हजार ५ सय क्वीटल चामल पठाइदिन सम्वन्धित निकायमा माग गरिएको बताए । यसपाली मकै ढिलो गरी लगाएकोले पनि ढिलो पाक्ने हँुदा समस्या थपिएको कार्यालयको बुझाइ छ ।
No comments:
Post a Comment