कहीं छात्रवृत्ति वितरण, कहीं जुकाको औषधि खुवाइयो
सुर्खेतपत्र संवाददाता
सुर्खेत, २९ भदौ ।
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा सुर्खेत वीरेन्द्रनगरका २२ वटा होटलहरुलाई बालश्रम मुक्त घोषणा गरिएको छ । जिल्ला वाल कल्याण समितिले होटल अर्गनाइजेश सुर्खेतको समन्वयमा पहिलो चरणमा २२ वटा होटलहरुलाई बालश्रम मुक्त घोषणा गरेको हो ।
यी होटलहरुले १४ बर्ष मुनिका कुनैपनि बालबालिकाहरु काममा नराखेकोले बालश्रम मुक्त घोषणा गरिएको जिल्ला बाल कल्याण समिति सुर्खेतले जनाएको छ । होटल अर्गनाइजेशन सुर्खेतले केही दिन अघि सूचना जारी गरी बालश्रम मुक्त गर्न चाहने होटलहरुले नाम पठाउन आग्रह गरेको थियो । बाँकी अन्य होटलहरुमा पनि क्रमश: बालश्रम मुक्त बनाउँदै जाने समितिले जनाएको छ । जिल्ला बाल अधिकार अधिकृत रमादेवी भण्डारीले बालश्रम मुक्त होटल घोषणा गर्नुले सुर्खेतको नयाँ पहिचान कायम भएको बताइन् ।

बालश्रम मुक्त घोषणा गरिएका होटलहरुमा भ्याली भ्यु, कस्तुरी होटल, शिरस्थान होटल, मानसरोबर होटल, महेश होटल, न्यू मनकामना होटल, हाम्रो लेकाली होटल, दर्शन होटल, फूलवारी गेष्टहाउस, राप्ती होटल, नौलो होटल, सत्कार होटल, डि नमस्ते नेपाल प्रा.लि., होटल नमस्ते (जियना रेष्टुरेन्ट), अन्नपूर्ण होटल रहेका छन् । यसैगरी थाकखोला होटल, वीरु होटल, पवित्र होटल, सम्राट गेष्टहाउस, जय गणेश भोजनालय, राजु होटल र गौरव होटल रहेका छन् ।
यसैगरी राष्ट्रि बालअधिकार दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुर्खेत शाखाको आयोजनमा शुक्रवार बालअधिकारको सुनिश्चितताका लागि हाम्रो भूमिका विषयक विचार गोष्ठी सम्पन्न भएको छ । प्रतिष्ठानले जिल्ला भरीबाट कक्षा ६ मा अध्ययन गर्ने छात्रछात्रा मध्यबाट छनौट भएका जेहेन्दारतर्फ ३ जना विद्यार्थी र प्रतिभातर्फ ३ जना गरीजम्मा ६ जना विद्यार्थीहरुलाई जनही नगद ५ हजार का दरले छात्रवृति समेत प्रदान गरेको छ ।
कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी दीपा हमालले प्रतिष्ठानले थालनी गरेको छात्रवृति वितरण कार्यक्रमको प्रशंसा गर्दै बालबालिकाको अधिकारको संरक्षणको सुरुवात सबैले आफ्नो घरबाट गर्नुपर्नेमा जोड दिइन् । प्रतिष्ठानका अध्यक्ष यज्ञबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला बार एशोसियसनका अध्यक्ष प्रेमध्वज शाही, एसओएस हर्मन माइनर उमाविका प्राचार्य पदमबहादुर हमाल, बालअधिकार अधिकृत रमादेवी भण्डारी, प्रतिष्ठानका सल्लाहकार गंगा के.सी., स्याक नेपाल सुर्खेतका कार्यकारी निर्देशक टिकाराम आचार्यलगायतले आफ्ना विचारहरु राखेका थिएभने संचालन महासचिव हरिहर बस्नेतले गरेका थिए ।
यसैगरी विगतका बर्षहरुमा बाल दिवसको अवसरमा विद्यालय बन्द गरी विभिन्न कार्यक्रमहरु मनाउने गरिएको थियो । र्याली सभा गरिन्थ्यो तर यसबर्षको बाल अधिकार दिवस भने केही फरक हुन पुग्यो । विद्यालय संचालन गरेर नै बाल दिवस मनाउने भनिएपछि शुक्रवार विद्यालय संचालन भए । विद्यालयमा पढाइ नभएपनि विभिन्न अतिरिक्त क्रियाकलाप गरी बाल दिवस मनाइएको छ ।
यसैक्रममा राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रवार विभिन्न कार्यक्रमहरु गरेर मनाइएको छ । प्रभात मावि कोलडाँडामा हाजिरीजवाफ प्रतियोगिता गरिएको छ । विद्यालयका प्रअ ऋषिप्रसाद थानीको सभापतित्वमा भएको कार्यक्रममा प्रथम कान्तिलता बोगटीको समूह, द्वितीय विवेक विसीको समूह, तृतीय कुलबहादुर गौतमको समूह तथा सान्त्वना सम्झना उपाध्यायको समूह भएको छ । विजेताहरुलाई आगामी असोज १२ गते हुने अभिभावक भेलाम पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ ।
यसैगरी जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर–३ को संयोजक तथा बालहित संरक्षण उपसमितिको सहयोगमा वक्तृकला प्रतियोगिता र मेमोरी गेम सम्पन्न गरिएको छ । उपसमितिका संयोजक राधा कार्कीको सभापतित्व एवं राष्ट्रिय सहकारी बैंकका केन्द्रीय संचालक हरिहरनाथ योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । सोही अवसरमा सहभागी बाल सदस्यहरुलाई जिल्ला स्वास्थ्य कार्यालयबाट नि:शुल्क प्राप्त जुकाको औषधिसमेत खुवाइएको छ ।

No comments:
Post a Comment