चोरीका मोटरसाइकल भन्सार चलान

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २२ भदौ ।
    विभिन्न समयमा सुर्खेतमा नियन्त्रणमा लिइएका चोरीका मोटरसाइकल शुक्रवार राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जिल्लाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका १० वटा चोरीका मोटरसाइकल पठाएको छ ।
    कार्यालय प्रमुख कृष्णराज सापकोटाले जिल्लाका विभिन्न स्थानबाट शंकास्पद रुपमा नियन्त्रणमा लिएका मोटरसाइकलहरु पठाएको बताए । ‘शंकास्पदरुपमा नियन्त्रणमा लिएका मोटरसाइकलहरु लिलामीका लागि पठाइएको हो’, उनले भने,‘यातायात कार्यालयमा दर्ता समेत नभएका मोटरसाइकल नियन्त्रणमा लिएको लामो समय वितिसक्दा समेत मोटरसाइकल धनी लिन नआएपछि भन्सार पठाएका हौं ।’ उनले कुनैपनि कागजपत्र नभएका मोटरसाइकलहरु सुब्बाकुना, यरीचोकलगायतका स्थानबाट नियन्त्रणमा लिएको बताए । असई राम बहादुर बोहोराले मोटरसाइकल लिएर गएका छन् । जिल्लामा चोरीका मोटरसाइकल प्रयोग गर्नेको संख्या बढ्दै गएको बेला ट्राफिकले पनि आफ्नो सक्रियता बढाएको छ । जिल्लाको रामघाट, जहरे, दशरथपुर र वीरेन्द्रनगरमै समेत चोरीका मोटरसाइकल प्रयोग गर्ने गरिएको बताइएको छ ।

No comments:

Post a Comment