कञ्चनपुर, २८ भदौ ।
सरकारले विद्यार्थीलाई नि:शुल्क वितरण गर्ने भनेको पाठयपुस्तक शैक्षिकसत्र सुरु भएको ६ महिना बितिसक्दा पनि कञ्चनपुरका सबै विद्यालयमा पुर्याउन सकेको छैन । कञ्चनपुर जिल्लाका ग्रमीण तथा नगरपालिका वरपरका विद्यालयका विद्यार्थीले अझै पुस्तक पाउन सकेका छैनन् ।
समयमा पाठयपुस्तक पुर्याउन नसक्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ । निम्न माध्यमिक तहको कक्षा ६ र माध्यमिक तहको कक्षा १० को ऐच्छिक स्वास्थ्य र स्वास्थ्य तथा शारीरिक विषयको पुस्तक उपलब्ध नहँुदा विद्यालयमा पढाइ गर्न नसकेको सरस्वती उच्चमाध्यमिक विद्यालय परखेडीका शिक्षक विजय उपाध्यायले बताए ।सरकारले विद्यार्थीलाई नि:शुल्क वितरण गर्ने भनेको पाठयपुस्तक शैक्षिकसत्र सुरु भएको ६ महिना बितिसक्दा पनि कञ्चनपुरका सबै विद्यालयमा पुर्याउन सकेको छैन । कञ्चनपुर जिल्लाका ग्रमीण तथा नगरपालिका वरपरका विद्यालयका विद्यार्थीले अझै पुस्तक पाउन सकेका छैनन् ।
जिल्लाका विभिन्न विद्यालयमा अझै एक हजार १ सय थान किताब पुर्याउन बाँकी रहेको साझा प्रकाशन शाखा कार्यालयले जनाएको छ ।
सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत विद्यार्थी गणना गरी आवश्यकताका आधारमा शैक्षिक सत्र ०६९/०७० को पाठयपुस्तक वितरणका लागि साझा प्रकाशनलाई गत चैतमै रकम भुक्तानी भइसकेको जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति उद्धव ठगुन्नाले बताए । रकम बुझेको ६ महिनासम्म पनि साझा प्रकाशनले जिल्लामा आवश्यकता अनुसार पाठयपुस्तक उपलब्ध गराउन नसकेको उनको भनाइ छ ।
सीमित विद्यार्थीसंग भएका पुराना किताब प्रयोग गरी पढाइ सञ्चालन भइरहेको स्रोतव्यक्ति ठगुन्ना बताउँछन् । विद्यालयमा कक्षा ६ को स्वास्थ्य तथा शारीरिक शिक्षा उपलब्ध गराउन नसकेको साझा प्रकाशनले जनाएको छ ।
यस्तै, कक्षा १० को ऐच्छिक स्वास्थ्य विषयको सय थान किताब पुर्याउन नसकेको साझा प्रकाशन महेन्द्रगरका कार्यालय प्रमुख धर्मसिंह मडैले बताए । साझा प्रकाशनले जिल्लाको नगरपालिका र १५ गाविसमा
गरी चालु शैक्षिकसत्रमा प्राथमिक तहमा २१ हजार ४४८, निमावि र मावि तहमा १९ हजार ६०० थान पुस्तक उपलब्ध गराइसकेको जनाए पनि जिल्लाका सबै विद्यालयका छात्रछात्राले पाठयपुस्तक पाउन सकेका छैनन् ।
साझा प्रकाशन कार्यालय काठमाडौंले शाखा कार्यालय महेन्द्रनगरलाई उपलब्ध गराएअनुसार नै पुस्तक पसलमा वितरण गरेको कार्यालयप्रमुख मडैले बताए । विद्यालयमा उपलब्ध गराउन बाँकी रहेका किताबहरू कैलाली पुर्याइसकेको र केही दिनमा नै सम्बन्धित विद्यालयमा पुग्ने उनको भनाइ छ ।
No comments:
Post a Comment