तीन नेपाली लुटिए

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
कञ्चनपुर, २३ भदौ ।
    भारतमा मजदुरी गरेर घर फर्कंदै गरेका तीन नेपालीलाई नशालु पदार्थ खुवाएर लुटेराहरूले लुटपाट गरेका छन् । भारतको नयाँदिल्लीबाट मजदुरी गरी घर फिर्ता हुँदै गरेका कञ्चनपुरका दुई र बैतडीका एक जनालाई नशालु पदार्थ खुवाएर लुटपाट गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक नेत्रप्रसाद भट्टले बताए । संगै आएका एकजना अपरिचित व्यक्तिले भारतको रुद्रपुर नजिक चिसो पेय पदार्थ खान दिएपछि तीनै जना बेहोस भएका थिए ।
प्रहरीका अनुसार तीनै जनासंग रहेको नगद र झोला लुटेराहरूले लिएर गएका छन् । भारतीय सीमा क्षेत्र वनवसामा रहेको भारतीय प्रहरीले नशालु पदार्थका कारण बेहोस अवस्थामा रहेका उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

No comments:

Post a Comment