लेखापालमा भाइलाई नियुक्त गर्न भन्दै प्रअलाई कुटपिट

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
जाजरकोट २३ भदौ ।
    जाजरकोटको जनता प्राथमिक विद्यालय नायकवाडा कागचुचाका प्रधानाध्यापक प्रकाश गिरीले सरस्वति माध्यमिक विद्यालय नायकवाडा सिलिंकीचौरका प्रधानाध्यापक मानबहादुर सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीमबहादुर सिंहमाथि कुटपिट गरेका छन् ।
    लेखापाल पदमा आफ्नो भाइ गणेश गिरीलाई नियुक्त गर्नुपर्ने मागसहित प्रकाश गिरीले प्रअ र विव्यस अध्यक्षमाथि कुटपिट गर्नुका साथै विद्यालयमा तालावन्दी गरेका छन् । विद्यालमा तालावन्दीसंगै पढनपाढन समेत प्रभावित भएको छ । सरस्वति माविमा यसअघि नै लेखापाल नियुक्त भइसकेको थियो । विद्यालयमा निजी स्रोतवाट पढाउँदै आएका शिक्षकलाई लेखापालमा विद्यालय व्यवस्थापन समितिले नियुक्त गरिसकेको छ । तर सो ठाउँमा जसरीपनि आफ्नो भाइ गणेशलाई राख्नुपर्ने भन्दै कागचुचाका प्रअ  गिरीले अर्को विद्यालयमा तालावन्दी गरेर प्रअ र विव्यस अध्यक्षमाथि कुटपिट गरेका हुन् ।
 हाल विद्यालयमा अनिश्चितकालीन पढनपाठन अवरुद्ध भएको छ । कुटपिटमा संलग्न प्रकाशलाई इलाका प्रहरी कार्यालय रामीडाँडाले पक्राउ गरेको वताएको छ । स्थानीयको भनाइ अनुसार प्रकाशले मदिरा सेवन गरेर विद्यालयमा अन्य शिक्षकलाई गालीगलौजसमेत गरेका थिए । उता मावि नायकवाडाका प्रअ र अध्यक्षले विद्यालयमा गएर कुटपिटमा गर्ने प्रावि कागचुचाका प्रअ प्रकाशलाई कारवाई हुनुपर्ने माग राखेका छन् ।

No comments:

Post a Comment