दैलेख, २३ भदौ ।
दलित महिला संघ दैलेखको लोकतान्त्रिक पद्दतिमा दलित महिलाको समावेशीकरण परियोजना कार्यक्षेत्रका ५ गाविसका अगुवा दलित महिलाहरुका लागि सञ्चालित ३ दिने महिला सशक्तिकरण तालिम हालै सम्पन्न भएको छ ।
कालभैरव, बेलपाटा, छिउडीपुुसाकोट, गमौडी र दुल्लु गरी ५ गाविसमा दलित महिलालाई नीति निर्माण तहमा पहुँच अभिवृद्धि गर्दै महिलाहरु आवद्ध राजनीतिक दलमा सक्रियता बढाउन उत्प्रेरित गर्न परियोजनामा सञ्चालन भएको संस्थाका जिल्ला अध्यक्ष पार्वती बिसुन्केले जानकारी दिइन् । दलित महिला संघ दैलेखको लोकतान्त्रिक पद्दतिमा दलित महिलाको समावेशीकरण परियोजना कार्यक्षेत्रका ५ गाविसका अगुवा दलित महिलाहरुका लागि सञ्चालित ३ दिने महिला सशक्तिकरण तालिम हालै सम्पन्न भएको छ ।
तालिमको क्रममा भएको अन्तरसम्वादमा नेपाली कांग्रेसका जिल्ला सभापति कृष्ण बीसी, नेकपा एमालेका जिल्ला उपाध्यक्ष बरुनाथ योगी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष मायाराम अधिकारी, एकीकृत नेकपा माओवादीका यज्ञप्रसाद योगेन्द्र थापाले राजनीतिक सहभागिताबाट आफ्नो अधिकार प्राप्त गर्न अगुवा दलित महिलाहरुसंग सुझाव दिए । तालिमको उद्घाटन दैलेखी महिला साझा सञ्जालका अध्यक्ष मोहनमाया प्याकुरेलले गरेकी थिइन् ।
No comments:
Post a Comment