विष्ट समाज गठन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३० भदौ ।
    दैलेख रावतकोटबाट सुर्खेतमा आइ बसोबास गरिरहेका विष्ट परिवारहरुले विष्ट समाज सुर्खेत गठन गरेका छन् । वीरबहादुर विष्टको अध्यक्षतामा गठित समितिमा उपाध्याक्ष दलबहादुर विष्ट, सचिव तुलाराम विष्ट, कोषाध्यक्ष कृष्णबहादुर विष्ट, सह–सचिव तुल्सा विष्ट र सदस्यहरुमा पार्वती विष्ट, भीमबहादुर विष्ट, धनबहादुर विष्ट, कृष्णबहादुर विष्ट, पदमबहादुर विष्ट, उदयबहादुर विष्ट, विनोदपिसंह विष्ट र जगत विष्ट रहेका छन् ।
    समितिको संरक्षकमा ज्येष्ठ नागरिक रिपबहादुर विष्ट रहेका छन् । समितिले कार्यविधि संचालनका लागि विधान तयार, आवश्यक सल्लाह सुझाव समिति, आर्थिक समितिलगायतका निर्णय गर्दै आगामी असोज १३ गते अर्को वैठक बस्ने जनाएको छ ।

No comments:

Post a Comment