चट्याङबाट घाइते

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २० भदौ ।
    सोमबार राती चट्याङ लागेर बिजौरा–७ जगनाथ बजारका नरबहादुर आले घाइते भएका छन् । चट्याङले स्थानीय चार घरका सोलारमा पनि क्षति पुर्‍याएको छ ।
    राती करिब साढे १२ बजे चट्याङ पर्दा घाइते भएका आलेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छिमेकी जयमणि देवकोटाले जानकारी दिए । उनका अनुसार धर्म देवकोटा, बमबहादुर बयक, नरबहादुर र जयमणिको घरमा जडान गरिएका करिब दुई लाख मूल्यका सोलार क्षतिग्रस्त भएका छन् ।

No comments:

Post a Comment