सुकुम्बासी र भूमिहीनप्रति नेकपा–माओवादीको सहानुभूति

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २० भदौ ।
नेकपा–माओवादी सुर्खेतले भूमिहीनहरुप्रति सहानुभूति प्रकट गरेको छ । पार्टी सुर्खेतले बुधवार एक विज्ञप्ति प्रकाशित गरी बैकल्पिक व्यवस्था नगरेर नै उनीहरुलाई सडकमा पुर्‍याउने प्रवृत्तिको विरोध गर्दै जिल्लाका भूमिहीन, सुकुम्बासीहरुप्रति सहानुभूति जनाइएको हो ।
जिल्ला वन कार्यालय, जिल्ला प्रशासन, सुकुम्बासी समस्या समाधान आयोगले भूमिहीन तथा सुकुम्बासीहरुलाई बैकल्पिक व्यवस्था नगरेर घरबारविहीन बनाउने निर्णयप्रति आपत्ति जनाउँदै बैकल्पिक व्यवस्था गरेर मात्रै उनीहरुलाई उठाउन आग्रह गरिएको छ । यदि विकल्प नदिएर उठाइएमा पीडितहरुको पक्षमा वकालत गर्दै सशक्त कार्यक्रम गरिने नेकपा–माओवादी सुर्खेतका सेक्रेटरी ठम्मर विष्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

No comments:

Post a Comment