विद्यार्थीको आन्दोलनमा हस्तक्षेप

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २५ भदौ ।
    पेट्रोलियम पदार्थको मूल्य बृद्धिले नागरिकलाई समस्या परेको भन्दै सुर्खेतका विद्यार्थी संगठनहरुले सोमवार गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । अपरान्ह ५ बजेतिर वीरेन्द्रनगर बजारमा मूल्य बृद्धिको शान्तिपूर्ण विरोध गरिरहेका बखत प्रहरीले हस्तक्षेप गर्दै तितरवितर बनाउने प्रयास गरेको थियो ।
    प्रहरीप्रशासनको उक्त रवैयाप्रति राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ सुर्खेतले विज्ञप्ति निकालेर विरोध जनाएको छ । सचिव तुलाराम विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका विद्यार्थीहरुमाथि प्रहरी लगाएर हस्तक्षेप गरिएकोमा आपत्ति जनाउँदै उक्त कार्यको विरोध प्रकट गरिएको छ । विज्ञप्तिमा वर्तमान भट्टराई सरकार जनविरोधी निर्णय गर्दै नेपाली जनतालाई आहत बनाउन लागि परेको दावी गर्दै विद्यार्थी आन्दोलनप्रति समर्थन गरी देशव्यापी उठान गर्न अपिल गरेको छ । 

No comments:

Post a Comment