सुर्खेत, २५ भदौ ।
जिल्ला आपूर्ति समितिले नेपालीहरुको चाडपर्वहरुलाई ध्यानमा राख्दै चलनचल्तीमा विक्री वितरण गर्दै आएका उपभोग्य बस्तुहरुमा सहुलियत उपलव्ध गराउन सुझाव दिएको छ । सोमवार बसेको समितिको बैठकले चाडपर्वहरुलाई केन्द्रविन्दुमा राखी सुर्खेत उद्योग बाणिज्य संघले सहुलियत दरमा उपभोग्य बस्तुहरु उपलव्ध गराउने व्यवस्था गर्न आग्रह गरिएको छ ।
यसैगरी साल्ट ट्रेडिङले नुन, तेज, चिनी, घ्यू र खाद्य संस्थानले चामल, दाल, गेडागुडी प्रचलित दरभन्दा कममा सहुलिय दिन पहल गर्न, डिभिजन सहकारीले सहकारी पसलको अनुगमन गरी बजार मूल्यभन्दा कममा विक्री वितरण अनुरोध गर्ने भनिएको छ । त्यस्तै नगरपालिकाले सडक बत्ती, बजार सरसफाई का साथै नगरमा भएका पसलहरुको मूल्य सूची अनुगमन गर्ने, प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाउनु पर्ने, तिहारमा आउने पटाका प्रवेश गर्न नदिने, यातायात व्यवसायीहरु ले सवारी साधनहरु थप्ने र टिकटको विक्री वितरण सहज बनाउने, डिभिजन सडक र जिविसले आ–आफ्नो क्षेत्रभित्रका सडकहरु मर्मत सम्भार गर्ने र खाद्य पदार्थहरुमा मिसावट, अखाद्य तथा म्याद नाघेका बस्तुहरुमा विक्री वितरण गरेको पाइएमा प्रशासनले कडा कारबाही गर्ने निर्णयहरु गरिएका छन् । प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरको अध्यक्षतामा बैठक बसेको थियो ।जिल्ला आपूर्ति समितिले नेपालीहरुको चाडपर्वहरुलाई ध्यानमा राख्दै चलनचल्तीमा विक्री वितरण गर्दै आएका उपभोग्य बस्तुहरुमा सहुलियत उपलव्ध गराउन सुझाव दिएको छ । सोमवार बसेको समितिको बैठकले चाडपर्वहरुलाई केन्द्रविन्दुमा राखी सुर्खेत उद्योग बाणिज्य संघले सहुलियत दरमा उपभोग्य बस्तुहरु उपलव्ध गराउने व्यवस्था गर्न आग्रह गरिएको छ ।
No comments:
Post a Comment