सुर्खेत, २५ भदौ ।
अनेरास्ववियु क्रान्तिकारी सुर्खेत क्याम्पस शिक्षा इकाई समितिको दोस्रो पूर्ण बैठक सोमवार सम्पन्न भएको छ । इकाई अध्यक्ष रवि केसीको अध्यक्षता एवं केन्द्रीय सचिवालय सदस्य एवं भेरी कर्णाली संयोजक खेम सिंह, केन्द्रीय सदस्य अजीत बौडेल, सदस्य देवीचन्द्र उपाध्याय, हिरालाल सुनारलगायतको उपस्थितिमा भएको बैठकमा राजनीतिक तथा सांगठनिक प्रशिक्षण दिइएको थियो ।
सो बैठकमा छात्रा विभाग प्रमुख प्रभा घर्तीको संयोजकत्वमा अन्तर कलेजस्तरीय तीज गीत प्रतियोगिता गर्ने निर्णय पनि भएको छभने यही भदौ २८ गते तीज विशेष नृत्य प्रतियोगिता गर्ने बताइएको छ । उता संगठनले जन उच्च मावि वीरेन्द्रनगरमा भीम गुरुङको अध्यक्षतामा इकाई कमिटी गठन गरेको छ । कार्यक्रममा संगठनका भेरीकर्णाली संयोजक खेमबहादुर सिंह, केन्द्रीय सदस्य अजीत बौडेल, सदस्य देवीचन्द्र उपाध्याय, राजेन्द्र बुढा, हिरालाल सुनार, रवि केसी, मोतिराम रम्तेल लगायतको उपस्थिति थियो । अनेरास्ववियु क्रान्तिकारी सुर्खेत क्याम्पस शिक्षा इकाई समितिको दोस्रो पूर्ण बैठक सोमवार सम्पन्न भएको छ । इकाई अध्यक्ष रवि केसीको अध्यक्षता एवं केन्द्रीय सचिवालय सदस्य एवं भेरी कर्णाली संयोजक खेम सिंह, केन्द्रीय सदस्य अजीत बौडेल, सदस्य देवीचन्द्र उपाध्याय, हिरालाल सुनारलगायतको उपस्थितिमा भएको बैठकमा राजनीतिक तथा सांगठनिक प्रशिक्षण दिइएको थियो ।
No comments:
Post a Comment