घरधन्दा गर्ने महिलाले दिनभरी घर कुरेर ठूलै परिश्रम गरेपछि उनीहरुको कामले मूल्य पाउँदैन । जागीर गर्ने श्रीमानले घरधन्दा गर्ने श्रीमतीले कामै नगरेको र त्यत्तिकै घरमा बसेको आरोप लगाउँछ र हेप्छ । तर महिलालाई मात्र मात्र हुन्छ उनीहरुको काम कति हुन्छ ? दिनभरी घरधन्दा गर्दा एकरत्ति पनि फुर्सद नपाउने कुरा अफिसको कुर्सीमा बस्ने लोग्ने मान्छेलाई के थाहा ?
त्यसैले आफ्नो मन्त्रालयले हालै एक सर्वेक्षण गरेको र त्यसले महिलाहरुको गर्ने घरायासी कामको मूल्य कति हुने ? भन्ने कुराको अध्ययन गरेको उनले जानकारी दिएका छन् । तीरथले उक्त सर्भेको नतिजाका विषयमा अहिले विचार भैरहेको र आउँदो १७ नोभेम्बरमा हुने राज्यका मन्त्रीहरुसंगको संयुक्त बैठका यस विषयमा कुराकानी हुने बताइन् । समाचार अनुसार महिलाहरुको घरायासी कामको मूल्यांकन गर्ने र सोही अनुसार श्रीमानले आफ्नो तलबबाट काटेर श्रीमतीलाई रकम दिनुपर्ने कानुन बनाउने सोच मन्त्री तिरथले बनाएकी छिन् । (एजेन्सीबाट)

No comments:
Post a Comment