सुर्खेतपत्र संवाददाता
सुर्खेत, २३ असोज ।
सुर्खेतमा आज बुधवारदेखि सुपथ मूल्यको पसल संचालनमा आउने भएको छ । नेपाली हिन्दुहरुको महान चाड दसैं, तिहार र छठ पर्वको अवसर पारेर सुपथ मूल्यको पसल खुल्न लागेको हो ।
साल्ट ट्ेरडि· कर्पोरेशन लिमिटेड शाखा कार्यालय सुर्खेतले मंगलबार विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो । कार्यालयका अनुसार बुधवारदेखि सुरु हुने सुपथ मूल्यको पसल आगामी मंसिर ४ गतेसम्म संचालनमा आउने छ ।सुर्खेतमा आज बुधवारदेखि सुपथ मूल्यको पसल संचालनमा आउने भएको छ । नेपाली हिन्दुहरुको महान चाड दसैं, तिहार र छठ पर्वको अवसर पारेर सुपथ मूल्यको पसल खुल्न लागेको हो ।
कार्यालय प्रमुख सुरेश राजभण्डारीले सुपथ मूल्यको पसल संचालनमा आएपछि सर्वसाधारण उपभोक्ताहरुलाई दसैं र तिहारमा राहत मिल्ने बताए । उनका अनुसार सुपथ मूल्यको पसल गोदाम लाइनमा रहको कार्यालयमा नै संचालन गरिने छ । कार्यालयले चिनी प्रति किलो ७१ रुपैयाँ र आयो नुनप्रति किलो १३ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ । एक व्यक्तिलाई ६ केजीमात्र उपलव्ध गराइने साल्ट ट्ेरडिङले जानकारी दिएको छ ।
No comments:
Post a Comment