सुर्खेतपत्र संवाददाता
सुर्खेत, २३ असोज ।
गाउँका जनताको शान्ति सुरक्षा, विकास निर्माण, सेवा प्रवाह लगायतका विषयमा बुझी समाधान गर्न सकिने समस्या तत्काल गर्ने र तत्काल समाधान गर्न नसकिने समस्यालाई सम्बन्धित निकायमा पहल गरी दिने उद्देश्यले मंगलवार मेहेलकुनामा सरकारी निकायको अन्तरक्रिया गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरको नेतृत्वमा एक टोली मेहेलकुना गाविसमा पुगी अन्तरक्रिया गरिएको हो । कार्यक्रममा किसानहरुले समयमा मल वीऊ नपाएका, शिक्षामा भौतिक अवस्थाको कमी, मालपोतले जग्गा पास गर्न रोकेको, खानेपानी, विजुलीको समस्या, अस्पतालमा साधनहरु नभएको, विभिन्न सरकारी/सार्वजनिक कार्यालयहरुको पारदर्शिताका कुराहरु सहभागीहरुले उठाएका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा, प्रहरी उपरिक्षक गोविन्दराम परियार, सशस्त्र प्रहरी नायव उपरीक्षक अच्यूतकुमार मजगैंयालगायतको उपस्थिति थियो ।गाउँका जनताको शान्ति सुरक्षा, विकास निर्माण, सेवा प्रवाह लगायतका विषयमा बुझी समाधान गर्न सकिने समस्या तत्काल गर्ने र तत्काल समाधान गर्न नसकिने समस्यालाई सम्बन्धित निकायमा पहल गरी दिने उद्देश्यले मंगलवार मेहेलकुनामा सरकारी निकायको अन्तरक्रिया गरिएको छ ।
यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले दसैं र तिहारको अवसर भन्दै विभिन्न संघसंस्थाहरुले चन्दा संकलन गरेको भन्ने पाइएकोले चन्दा नदिन निर्देशन दिएको छ । प्रशासनले मंगलवार सूचना जारी गरी जिल्लाको विभिन्न स्थानहरुमा चन्दा संकलन गरेको भन्ने बुझिन आएकोले त्यस्ता संघसंस्थाहरुलाई सहयोग नगर्न जनाएको छ ।
No comments:
Post a Comment