सुर्खेतपत्र संवाददाता
सुर्खेत, २३ असोज ।
एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हिमाल शर्माले अव नेपालमा थप निजी विद्यालयहरु खोल्न नदिने बताएका छन् । अखिल क्रान्तिकारी सुर्खेतले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निजी विद्यालयहरुलाई पूर्णरुपमा अन्त्य गरिने भएकोले अव नयाँ निजी विद्यालयहरु खोल्न नदिने बताएका हुन् ।
आफूहरुले सरकारी शिक्षामा गुणस्तरीयताको खोजी गरिरहेकोले निजी विद्यालयको अन्त्य गरी सरकारी विद्यालयलाई प्रोत्साहन गर्न लागिएको उनको भनाइ छ । उनले नयाँ निजी विद्यालय खोल्न नदिने तर स्थापना भइसकेका निजी विद्यालयलाई सहकारीकरण गर्नतर्फ दवाव दिइने जिकिर गरे । उनका अनुसार सरकारी शिक्षामा गुणस्तरीयता ल्याउन संगठनले २० बर्ष पढाएका र ५० बर्ष उमेर नाघेका शिक्षकहरुलाई अवकाश दिई नयाँ जनशक्ति भर्ना गरिनेछ । एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हिमाल शर्माले अव नेपालमा थप निजी विद्यालयहरु खोल्न नदिने बताएका छन् । अखिल क्रान्तिकारी सुर्खेतले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निजी विद्यालयहरुलाई पूर्णरुपमा अन्त्य गरिने भएकोले अव नयाँ निजी विद्यालयहरु खोल्न नदिने बताएका हुन् ।
अध्यक्ष शर्माले शिक्षकका नेताहरुको विद्यालयहरुको पनि अनुगमन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले विद्यालयमा नपढाउने, अनियमित हुने शिक्षकहरुलाई कालोमोसो दल्ने लगायतका कारबाही गर्न सकिने पनि बताए । त्यस्तै क्याम्पस तहमा पनि यस्तै अनियमित प्राध्यापकहरुलाई क्याम्पस प्रवेशमा रोक्न लगाउने उनको भनाइ छ ।
एक अर्को प्रसंगमा उनले मध्यपश्चिम विश्वविद्यालयमा सुर्खेतमा रहेको शिक्षा क्याम्पसलाई समायोजन गर्नुपर्ने धारणा राखे । त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्यसमेत रहेका शर्माले समायोजन गर्ने र सम्पत्ति हस्तान्तरण गर्ने भनेर सरकारले निर्देशन दिइसकेपछि तुरुन्त समायोजन गर्नुपर्ने बताए ।
No comments:
Post a Comment