जुवाडेबाट करिब २ लाख बरामद

सुर्खेतपत्र संवाददाता 
दाङ, २५ असोज ।
    दाङको तुलसीपुर  बजार र उरहरी गाविसको जसपुरमा जुवा खेलिरहेको अवस्थामा  गएराति रु. १ लाख ८३ हजार १ सय ९२ सहित २६ जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको  छ । प्रहरी निरीक्षक मदन थापाका अनुसार  जसपुरमा राती १० बजे एक घरमा जुवा खेलिरहेको अवस्थामा रु. १ लाख ३ सय ८० सहित १३ जनालाई नियन्त्रणमा लिएको  हो ।
    त्यस्तै तुलसीपुरस्थित वीरेन्द्रचोकको एक घरमा जुवा खेलिरहेको अवस्थामा रु. ४४ हजार ९ सय ६२ सहित ५ जना र बरुवा गाउँ टोलबाट रु. ३७ हजार ८ सय ५० सहित ८ जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।     पक्राउ परेका सबैलाई विहीवारनै कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा म्याद थप गर्न पठाइएको उनले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा केही सरकारी कर्मचारी, व्यापारी र  राजनीतिक व्यक्तिहरू पनि रहेका छन् ।
 

No comments:

Post a Comment