सुर्खेतपत्र संवाददाता
सुर्खेत, २४ असोज ।
दसैं–तिहार तथा छठ पर्वको उपलक्ष्यमा सहुलियत मूल्यमा सामान उपलब्ध गराउन साल्ट ट्ेरडि· कर्पोरेशन लिमिटेड सुर्खेतले बुधबारदेखि सुपथ मूल्य पसल संचालन गरेको छ । पहिलो दिनमै करिब ६ क्वीन्टल चिनी विक्री भएको छ । नुन सर्वत्र पाइने भएकोले नुनभन्दा चिनीको विक्री बढी भएको पसलले जनाएको छ । उपभोक्ताको माग बमोजिम बिक्रीवितरण गर्न स्थापना गरिएको सुपथ मूल्य पसलबाट चिनी ७१ रुपैयाँ र नुन १३ रुपैयाँ प्रतिकिलो रहेको साल्ट ट्रेडि· कर्पोरेशन लिमिटेड सुर्खेतका प्रमुख सुरेश राजभण्डारीले जनाएका छन् ।
उनले बजारमा चिनी ८५ रुपैयाँ र नुन १५ रुपैयाँमा विक्री हुने गरेकाले सुपथ मूल्यले उपभोक्तालाई राहत पुग्ने बताए । पहिलो चरणमा सुर्खेतका लागि साढे ८७ क्वीन्टल चिनी आएको छ । दसैं–तिहार तथा छठ पर्वको उपलक्ष्यमा सहुलियत मूल्यमा सामान उपलब्ध गराउन साल्ट ट्ेरडि· कर्पोरेशन लिमिटेड सुर्खेतले बुधबारदेखि सुपथ मूल्य पसल संचालन गरेको छ । पहिलो दिनमै करिब ६ क्वीन्टल चिनी विक्री भएको छ । नुन सर्वत्र पाइने भएकोले नुनभन्दा चिनीको विक्री बढी भएको पसलले जनाएको छ । उपभोक्ताको माग बमोजिम बिक्रीवितरण गर्न स्थापना गरिएको सुपथ मूल्य पसलबाट चिनी ७१ रुपैयाँ र नुन १३ रुपैयाँ प्रतिकिलो रहेको साल्ट ट्रेडि· कर्पोरेशन लिमिटेड सुर्खेतका प्रमुख सुरेश राजभण्डारीले जनाएका छन् ।
सहरका उपभोक्तालाई चिनी र नुन सुपथ मूल्यमा विक्री गर्न थालेको साल्ट ट्रेडि· कर्पोरेशन लिमिटेडले कर्णालीका केही जिल्लामा नुन उपलब्ध गराउन समस्या परेको जनाएको छ । गत वर्षको मौजदात सकिएको र नयाँ कोटा ढुवानी हुन नसक्दा डोल्पामा समस्या हुने अवस्था आएको शाखा प्रमुख राजभण्डारीले बताए । ढुवानी अनुदानमा कर्णालीका जनतालाई नुन उपलब्ध गराउँदै आएको साल्ट ट्ेरडि· कर्पोरेशन लिमिटेडले यो वर्षको कोटा हुम्ला जिल्लामा मात्रै ढुवानी गरेको जनाएको छ । उनले बाँकी चार जिल्लामा ढुवानी गर्ने प्रक्रियामा रहेको जनाए । सरकारी ढुवानी अनुदानमा जुम्लामा ७ हजार, मुगुमा २ हजार ७५०, कालिकोटमा २ हजार ५००, हुम्लामा २ हजार ९१० र डोल्पामा २ हजार १ सय ५० क्वीन्टल नुन वार्षिक जाने गरेको साल्ट ट्रेडि· सुर्खेतले जनाएको छ ।
No comments:
Post a Comment