सुर्खेतपत्र संवाददाता
दैलेख, २५ असोज ।
पश्चिम दैलेखका पाँच गाविसका दलित युवा घरमै बसेर व्यापार व्यवसायमा लागेका छन् । गरिवीका कारण पैसा कमाउन भारत पुगेका युवा घर फर्किदा एचआईभी संक्रमित भएर फर्किने क्रम बढ्दै गएकाले उनीहरुले गाउँमै वसेर व्यापार गर्न थालेका हुन् ।
ती युवालाई व्यापार व्यवसाय गर्न गरिवी निवारण कोषको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र सोसेक सामुदायिक संस्था मार्फत २०/२० हजार ऋण लगानी गरेको छ । राकमकर्णाली, सिगौंडी, सिंहासैन, तिलेपाटा र पिपलकोटका दलित युवा अहिले घरमै वसेर व्यापार व्यवसायमा लागेका छन् ।
गरिवी निवारण कोषको आर्थिक सहयोग र सामाजिक सेवा केन्द्र सोसेकको सहयोगमा ती गाविसमा आयआर्जन क्रियाकलाप संचालन गर्न सामुदायिक संस्थामा गरिवी निवारण कार्यक्रमले ऋण लगानी गरेको छ । २०६४ सालमा सो गाविसमा गरिवी निवारण कार्यक्रम लागू भएको थियो । मेहलेगाउँ सामुदायिक संस्थाबाट २० हजार ऋण लिइ कर्णाली राजमार्गको वाख्रेकोटमा व्यवसाय संचालन गरेका सिंहासैन –४ का दलित युवा डिलबहादुर विक वार्षिक ५० हजार आम्दानी गरेको बताए ।पश्चिम दैलेखका पाँच गाविसका दलित युवा घरमै बसेर व्यापार व्यवसायमा लागेका छन् । गरिवीका कारण पैसा कमाउन भारत पुगेका युवा घर फर्किदा एचआईभी संक्रमित भएर फर्किने क्रम बढ्दै गएकाले उनीहरुले गाउँमै वसेर व्यापार गर्न थालेका हुन् ।
ती युवालाई व्यापार व्यवसाय गर्न गरिवी निवारण कोषको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र सोसेक सामुदायिक संस्था मार्फत २०/२० हजार ऋण लगानी गरेको छ । राकमकर्णाली, सिगौंडी, सिंहासैन, तिलेपाटा र पिपलकोटका दलित युवा अहिले घरमै वसेर व्यापार व्यवसायमा लागेका छन् ।
साहुमहार्जनका छोराछोरीले सुर्खेत, दैलेख र नेपालगन्ज पढेको देख्दा कहिले छोरा छोरीलाई त्यस्तो ठाउँमा पढ्न पठाउने उनको चाहना पुरा भएको उनी बताउँछन् । ‘आफूले उच्च शिक्षा हासिल नगरेकाले व्यापार व्यवसायबाट नै जिन्दगीमा यसरी कमाई गरौला भन्ने लागेको थिएन’,उनले जानकारी दिए ।
‘अहिले मेरो छोरा काठमाडौंको भक्तपुरमा विज्ञान विषय लिएर पढ्छ । राकम कर्णालीमा वसोवास गर्दै आएका डिल बहादुरले भने, ‘पसलको कमाईबाट नै अरु बच्चालाई पनि पढाएको छु ।’
‘भारतका शहर र गल्लीमा मजदुरी काम गरी (बोझा) टाउको रौं नै खुइलिइका हुन्थे’ भारतमा पैसा कमाएको अनुभव सुनाए । खुइलिएको कपाल लिएर गाउँ फर्किंदा धेरैले कमाई धेरै भयो भनेर मेरैबारे कुरा काट्ने गरेको उनले बताए ।
डिलवहादुर र नरवहादुरले व्यापारबाट गरेका उन्नति देखेर राकम कर्णालीका अन्य युवा विदेश जान छोडेर कोही तरकारी खेती त कोही व्यापार व्यवसायमा लागेको नरबहादुरले बताए । पहिले पैसा कमाउनको लागि नेपालमा कुनै काम छैन भन्नेहरुलाई नरबहादुर भने भारत नजान सल्लाह दिने गरेका छन् ।

No comments:
Post a Comment