मानवअधिकार संरक्षण गर्न ‘बस कार्यक्रम’

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २५ असोज ।
    प्रोटेक्शन डेक्स नेपाल तथा युरोपेली संघले मानवअधिकार रक्षकको संरक्षण सम्वन्धी नीति तय गर्न मानवअधिकार बस कार्यक्रम संचालन गरेको छ । प्रोटेक्शन डेक्स नेपालले बिहीवार वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियामा मानव अधिकार रक्षकको संरक्षण सम्वन्धी नीति तय गर्न बस कार्यक्रमले थप टेवा पुग्ने जानकारी दिएको हो ।
    मानवअधिकार रक्षकहरु तथा मानव अधिकार संस्थाहरुलाई सुरक्षा व्यवस्थापन गर्न वस कार्यक्रमले सहयोग पुर्‍याउने संस्थाका टिम लिडर जीवन्त वाग्लेले जानकारी दिए । राज्यका विभिन्न निकायहरुको योजनामा स्थानीय मानवअधिकार रक्षकहरु, पीडित तथा अन्य जोखिममा परेका समुदायको सुरक्षा तथा संरक्षणको कार्यलाई प्राथमिकताका साथ समायोजन गराउने उनको भनाइ छ । राज्य पक्ष वा अन्य पक्षहरुबाट मानवअधिकार रक्षकहरुले खप्नु परेका घटनाहरुलाई समेटेर मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणको अवस्थाको विषयमा सोध अनुसन्धान भएपनि गहन निचोडमा पुग्न नसकिएको उनले जिकिर गरे ।
 

No comments:

Post a Comment