सुर्खेतपत्र संवाददाता
कञ्चनपुर, २४ असोज ।
झर्नाखोलाका बाढी पीडितहरुले आरक्षबाट बगेर आउने पानी आरक्षबाटै तुरुन्तै निकास नभए चार गाविस खतरामा रहेका कारण तुरुन्तै खोला नियन्त्रण गरिनुपर्ने माग गरेका छन् । झर्नाखोला आरक्षबाटै निकास नभए चार गाविस बेल्डाँडी, रौतेलीविचुवा, श्रीपुर र रामपुरको मानविय बस्ती नै खतरामा रहेको भन्दै खोला निकास हुनुपर्ने माग गरेको छन् ।
झर्नाखोलाको क्षतिबारे निरीक्षण गर्न मंगलबार त्यहाँ पुगेको महाकाली सिचाईको टोलीसंग झर्नाखोला पीडितहरुले आरक्षबाटै बगेर आउने पानी आरक्षबाटै निकास गरिनुपर्ने माग गरेका हुन् । यसवर्ष पनि खोलाको निकास नभए बेल्डाँडी, रौतेलीविचुवा, श्रीपुर र रामपुरको मानविय बस्ती नै खतरामा रहेको भन्दै तुरुन्तै खोला निकास हुनुपर्ने माग गरेका थिए ।झर्नाखोलाका बाढी पीडितहरुले आरक्षबाट बगेर आउने पानी आरक्षबाटै तुरुन्तै निकास नभए चार गाविस खतरामा रहेका कारण तुरुन्तै खोला नियन्त्रण गरिनुपर्ने माग गरेका छन् । झर्नाखोला आरक्षबाटै निकास नभए चार गाविस बेल्डाँडी, रौतेलीविचुवा, श्रीपुर र रामपुरको मानविय बस्ती नै खतरामा रहेको भन्दै खोला निकास हुनुपर्ने माग गरेको छन् ।
कञ्चनपुरको दक्षिणी भेग बेल्डाँडी र रामपुर गाविसको वडा नं. ९ मा पर्ने झर्ना खोलाका पीडितहरुले महाकाली सिचाईका पदाधिकारीहरु समक्ष यस्तो माग गरेका हुन् । आरक्षबाट बगेर आउने पानीको निकास तुरुन्तै आरक्ष कार्यालयले गर्नुपर्ने र आरक्षको पानीलाई कालिकिच र पत्थरिया खोलामा निकासी गर्नुपर्ने माग गरेका हुन् । झर्ना खोलाको निरीक्षणका महाकाली सिचाईका प्रमुख रोशन प्रधानको टोलीलाई झर्ना खोलाका पीडितहरुले झर्नाखोला तुरुन्तै निकास नभए दुई गाविस बेल्डाँडी रामपुर खतरामा रहेको चिन्ता व्यक्त गर्दै यस्तो माग गरेका हुन् ।
झर्नाखोला पीडित जमनसिंह नगालका अनुसार पीडितहरुले जुन शुल्लाफाँटा आरक्षबाट बगेर गाउँमा आउने पानीको निकास आरक्ष कार्यालयले गर्नुपर्ने माग राखेको र शुक्लाफाँटा आरक्षले नै उक्त पानीको निकास कालिकिच र पत्थरिया खोलामा गर्नुपर्ने माग राखेको बताए ।
गतवर्ष झर्नाखोला नियन्त्रणमा आएको २ करोडको बजेटमा ४० लाखको मात्रै काम भएको र बाँकी बजेटका विषयमा पनि महाकालीका पदाधिकारी समक्ष कुरा राखेको नगलाले बताए । गतवर्ष महाकाली सिचाई र नरहका अध्यक्षको मिलोमतोमा ४० लाख बराबरको मात्रै काम भएको भन्दै स्थानीय जनताहरु अक्रोशित भएका छन् । अर्का पीडित दिनेश ठकुराठीले यसवर्ष खोलाको पानी निकास नभए चार गाविसहरु डुवान र कटानीको चपेटामा पर्ने खतरा भएका कारण पनि शुल्लाफाँटा आरक्षबाटै पानी निकास गर्नुको विलक्प नभएको बताए । ठकुराठीका अनुसार पीडितहरुको जवाफमा महाकालीका पदाधिकारीहरुले आफ्नो कार्यालयबाट हुने सक्दो प्रयास गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
No comments:
Post a Comment