कमल पन्त
सुर्खेत, २३ असोज ।
बाजुराकी एक महिलाले हेलिकप्टरबाट ओर्लिदा–ओर्लिदैं मंगलबार सुर्खेत विमानस्थलमा बच्चा जन्माएकी छन् । बाजुराको रुगिनस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन नसक्ने अवस्था आएपछि उनलाई हेलिकप्टरबाट सुर्खेत ल्याइएको थियो । बाजुराको रुगिनस्थित स्वास्थ्य संस्थामा सुत्केरीका लागि आएकी रुगिन गाविस–५ का २८ वर्षीया नानी बुढथापाको स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई हेलिकप्टरबाट सुर्खेत ल्याइएको थियो ।
बाजुराको दुर्गम गाउँमा स्वास्थ्य सेवा पाउन नसक्ने अवस्था भएपछि आमा र बच्चाको सुरक्षाका लागि हेलिकप्टरबाट श्रीमती नानीलाई सुर्खेत ल्याएका दानबहादुर बुढथापाले हेलिकप्टरबाट ओर्लदा–ओर्लदै छोरा जन्मेको देखेका थिए । दानबहादुरले श्रीमतीलाई अस्पताल लैजान एम्बुलेन्समा राख्न हेलिकप्टरबाट ओराल्ने क्रममा बच्चा जन्मेको बताए । बाजुराकी एक महिलाले हेलिकप्टरबाट ओर्लिदा–ओर्लिदैं मंगलबार सुर्खेत विमानस्थलमा बच्चा जन्माएकी छन् । बाजुराको रुगिनस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन नसक्ने अवस्था आएपछि उनलाई हेलिकप्टरबाट सुर्खेत ल्याइएको थियो । बाजुराको रुगिनस्थित स्वास्थ्य संस्थामा सुत्केरीका लागि आएकी रुगिन गाविस–५ का २८ वर्षीया नानी बुढथापाको स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई हेलिकप्टरबाट सुर्खेत ल्याइएको थियो ।
सालनाल नकाटेका कारण एम्बुलेन्समा लैजान नसक्ने भएपछि बच्चा जन्माएर हेलिकप्टर छेउ बसेकी नानीले भनिन्, ‘बाजुरामा बच्चा जन्माउन नसक्ने अवस्था भएपछि हेलिकप्टरमा सुर्खेत आइयो, यहाँ आउँदा–आउँदै बच्चा जन्म्यो ।’ गाउँमा स्वास्थ्य अवस्था कमजोर भएका कारण उपचारका लागि सुर्खेत ल्याउँदा विमानस्थलमै बच्चा जन्मेपनि बच्चा र आमाको अवस्था राम्रो भएको दानबहादुरले बताए । उनले भने, ‘आमा र बच्चा दुवैलाई राम्रो
भयो ।’ सकुसल बच्चा जन्माएकी नानीले स्वास्थ्य संस्थाको लापरवाहीका कारण झण्डै दुई घण्टा विमानस्थलमा सालनालसहित विताउनु पर्यो । सालनाल नकाटेका कारण एम्बुलेन्समा राख्न नमिलेपछि स्थास्थ्यकर्मीको पर्खाइ धेरै समय लागेको थियो ।
नवजात शिशुकी आमा नानीले सुर्खेतमा आफ्नो चिनेको कोही नभएका हुनाले अस्पतालबाट स्वास्थ्यकर्मी बोलाउन सुरक्षाकर्मी र एयरलाइन्सका कर्मचारीलाई सहयोग मागेको बताइन् । स्वास्थ्यकर्मी ढिलो गरेको गुनासो गर्दै उनले भनिन्, ‘सुत्केरी भएको डेढ घण्टा भयो, अहिलेसम्म आएनन् ।’ विमानस्थलमा रहेका स्थानीय कमल गौतम र विमानस्थलका प्रहरीले सुत्केरी भएकी महिलाको उपचारका लागि पहल गरेपछि क्षेत्रीय अस्पतालका स्वास्थ्यकर्मीले सालनाल काटेका थिए । उनलाई थप उपचारका लागि क्षेत्रीय अस्पताल कालागाउँ लगिएको छ ।

No comments:
Post a Comment