सुर्खेतपत्र संवाददाता
सुर्खेत, २४ असोज ।
विद्यार्थी संघसंगठन र सरकारवीच विगतमा भएका सहमति अनुसार विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट दिन आग्रह गरिएको छ । नेपाल विद्यार्थी संघ सुर्खेत शिक्षा क्याम्पस इकाई समिति र कर्णाली–सुर्खेत सम्पर्क समितिले बुधवार संयुक्त विज्ञप्ति प्रकाशित गरी यातायातमा ४५ प्रतिशत छुट दिने भनिएपनि सो सहमति पूर्णरुपमा कार्यान्वयन नभएको हुन: फेरि पनि उक्त सहमति पालना गर्न आव्हान गरिएको छ ।
विज्ञप्तिमा दसैंतिहारको समयमा यातायातमा आवश्यक सिटभन्दा बढी यात्रुहरु हाल्ने कार्य भएको र जसले गर्दा दुर्घटनाको बढी सम्भावना हुने भएकोले त्यस्ता कार्यमा रोक लगाउन पनि आग्रह गरिएको छ । विद्यार्थी संघसंगठन र सरकारवीच विगतमा भएका सहमति अनुसार विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट दिन आग्रह गरिएको छ । नेपाल विद्यार्थी संघ सुर्खेत शिक्षा क्याम्पस इकाई समिति र कर्णाली–सुर्खेत सम्पर्क समितिले बुधवार संयुक्त विज्ञप्ति प्रकाशित गरी यातायातमा ४५ प्रतिशत छुट दिने भनिएपनि सो सहमति पूर्णरुपमा कार्यान्वयन नभएको हुन: फेरि पनि उक्त सहमति पालना गर्न आव्हान गरिएको छ ।
कर्णाली राजमार्गमा दुर्घटनाहरु भइरहेकोले अवाञ्छित कार्यलाई रोक्नका लागि प्रहरी, प्रशासन, यातायात व्यवसायीलगायत सवै पक्षहरु गम्भीर हुनुपर्नेमा जोड दिदैं ४५ प्रतिशत छुटको कार्यान्वयन गर्नपनि विज्ञप्तिमार्फत आवाज उठाइएको छ ।
No comments:
Post a Comment