रत्न लक्ष्मीको छुट उपहार

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २४ असोज ।
    रत्नलक्ष्मी इन्टरनेशनल प्रालिले आफ्ना शाखा तथा सवडिलरहरुमार्फत दसंै र तिहारको अवसरमा विशेष छुट एवं उपहार कार्यक्रमहरु ल्याएको छ । बुधवार एक विज्ञप्ति प्रकाशित गरी कम्पनीले मध्य तथा सुदूरपश्चिम क्षेत्रका ग्राहकहरुका लागि सो उपहार ल्याएको जनाएको छ ।
    विश्वको पहिलो डिजेल ट्रेक्टर निर्माता कम्पनी एसडीएफ समूहद्वारा उत्पादित एग्रोलक्स तथा एग्रोम्याक्स मोडेलका प्रत्येक डचफार ट्रेक्टरको खरिदमा नगद छुट १ लाख ६० हजार तथा बम्पर उपहार स्वरुप प्रथम पुरस्कार मोटरसाइकल, दोस्रो पुरस्कार एक तोला सुन, तेस्रो पुरस्कार टेलिभिजनका साथै सान्त्वना पुस्कार ग्राहकहरु माझ ल्याएको विज्ञप्तिमा जनाइएको छ । दुई वर्षको वारेन्टी सर्वसुलभ स्पेयर पार्टसका साथै सयौं बिशेषताले भरिपूर्ण भएको यो ट्रेक्टर किसानहरुको माझ लोकप्रिय ट्रेक्टर बनेको प्रालिका प्रबन्धनिर्देशक प्रकाश अधिकारीले बताए ।
    यसका साथै रत्नलक्ष्मी इन्टरनेशनलद्वारा बिक्रीवितरण भइरहेको सुजुकीका विभिन्न मोडेलका कारहरु, महिन्द्रा जेनेरेटर, कोमात्सु हेभी इक्विप्मेन्टको खरिदमा पनि विशेष छुट प्रदान गरिएको उनले बताए ।
 

No comments:

Post a Comment