सुर्खेतपत्र संवाददाता
सुर्खेत, २३ असोज ।
महामारी रोकथाम सम्बन्धी सचेतना जगाउने उद्देश्यले सुर्खेतको बयलकाँडामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको आर्थिक सहयोग तथा लेखगाउँ र गढी स्वास्थ्यचौकीको आयोजनामा अन्तरक्रिया भएको हो ।
भैरव प्रनिमावि गढीका प्रधानाध्यापक तिलक चालिसेको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा लेखगाउँ स्वास्थ्य चौकीका प्रमुख रामप्रसाद भण्डारी र गढी स्वास्थ्य चौकीका प्रमुख मीनराज चौलागाईले महामारी रोकथाम, सरसफाई र भाइरल ज्वरोको बारेमा जानकारी दिएका थिए ।महामारी रोकथाम सम्बन्धी सचेतना जगाउने उद्देश्यले सुर्खेतको बयलकाँडामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको आर्थिक सहयोग तथा लेखगाउँ र गढी स्वास्थ्यचौकीको आयोजनामा अन्तरक्रिया भएको हो ।
कार्यक्रममा लेखगाउँ र गढी गाविसमा रहेका महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह र शिक्षकहरु गरी ६० जनाको सहभाागिता रहेको थियो ।
भण्डारीका अनुसार पछिल्लो समयमा गाउँमा सरसफाई तथा स्वास्थ्य सम्वन्धी जनचेतना बढ्दै गएको छभने झाडापखाला जन्य रोगबाट विरामी हुनेको संख्यामा कमी आएको छ ।
No comments:
Post a Comment