सुर्खेतपत्र संवाददाता
सुर्खेत, २५ असोज ।
नेपाली कांग्रेस निकटको नेपाल दलित संघले क्षेत्र नं. १ मा क्षेत्रीय कार्यसमिति मेहेलकुनामा गठन गरेको छ । नरबहादुर सुनार अध्यक्ष रहेको समितिमा उपाध्यक्ष रतिसरा विक, सचिव भुपेन्द्र विक, कोषाध्यक्ष दिलबहादुर बैगार र सदस्यहरुमा कमला विक, भीमसेन सार्की, उदय कामी, पुष्कर कामी, गोपाल वादी र धनसिंह नेपाली छन् ।
नेपाल दलित संघ सुर्खेतका सभापति भीमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय सभापति एवं पूर्व राज्यमन्त्री खड्गबहादुर बस्याल, कांग्रेस सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्ल, पूर्व क्षेत्रीय सभापति लालबहादुर घले, जिल्ला सदस्य हस्तबहादुर पुन, मेहेलकुना गाउँ सभापति वीरबहादुर वलीलगायतको उपस्थिति थियो ।नेपाली कांग्रेस निकटको नेपाल दलित संघले क्षेत्र नं. १ मा क्षेत्रीय कार्यसमिति मेहेलकुनामा गठन गरेको छ । नरबहादुर सुनार अध्यक्ष रहेको समितिमा उपाध्यक्ष रतिसरा विक, सचिव भुपेन्द्र विक, कोषाध्यक्ष दिलबहादुर बैगार र सदस्यहरुमा कमला विक, भीमसेन सार्की, उदय कामी, पुष्कर कामी, गोपाल वादी र धनसिंह नेपाली छन् ।
No comments:
Post a Comment