रिचार्ज कार्डमा उपभोक्ता ठगिए

सुर्खेतपत्र संवाददाता 
दैलेख, २५ असोज ।
    एक सयको रिर्चाज कार्डलाई कति पैसा पर्छ होला ? एक सय वा एक सय पाँच । तर दैलेखको ठाटिकाँध बजारमा भने व्यापारीले प्रत्येक रिर्चाज कार्डबाट १० देखि २० रुपैयाँसम्म लिने गरेका छन् । बजारमा कसैले पनि रिर्चाज कार्ड विक्रीवितरण गर्ने अनुमति नलिएपनि त्यहाँका व्यापारीले मनपरीरुपमा रिर्चाज कार्ड विक्री गदै आएका रमेशबहादुर शाहीले बताए  ।
लकान्द्र तोलीजैसी विसल्ला र चामुण्डाको गाविसको मुख्य केन्द्र मानिने ठाटिकाँध बजारमा उपभोक्ता मात्र नभएर प्रहरी समेत ठगिने गरेका छन् । किन पैसा बढी लिएको भनेर सोध्दा हामीले पनि चर्को मूल्य तिरेर ल्याउनुपर्छ चाहे लिनुहोस्, नचाहे केही फरक छैन भनेर ठाडो जवाफ दिने गरेको एक प्रहरी जवानले जानकारी गराए । आफू खुशी मूल्य लिने ठाटिकाँधका बजारमा खोलिएका अधिकांश पसल विना इजाजत खोलिएका छन् । संचालनमा रहेका होटल, फेन्सी, खुद्रापसल, भाँडा पसललगायत ४०/५० वटा पसल विना इजाजत खोलिएका छन् । दुई तीन पसल बाहेक बाँकी पसल विना इजाजत खोलिएका छन् । इजाजत भएका पसलको उद्योग वाणिज्य संघमा दर्ता भएपनि नवीकरण भने भएको छैन् । विना इजाजत खोलिएका पसलहरुले आफू खुशी मूल्य निर्धारण गर्न हुनाले उपभोक्ताले प्रत्यक्ष मार खेप्नुपरेको छ ।
 ठाटिकाँध बजारमा गठित बजार व्यवस्थापन समिति भने सडक संचालन भएपछि प्रत्येक सवारी साधनबाट पैसा असुल्ने गरेको छ । तर बजारमा मूल्य निर्धारणको बारे चासो नदिएकोले उपभोक्ताले गुनासो गर्ने गरेका छन् । बजारमा भएको मनपरी मूल्यमा एकरुपता ल्याउन प्रशासनबाट अनुगमन थाले दसैंको मौकामा उपभोक्ताले केही राहत पाउने लकान्द्र गाविस सचिव सुरेन्द्रबहादुर शाहीले बताए ।
 

No comments:

Post a Comment