भक्तबहादुर शाही
बस्तकोट (दैलेख), २३ असोज ।
दैलेखको जम्बुकाँध– ७ वस्तकोट गाउँमा चार जातिका चारवटा धारा मध्य दुई दलित धारा सुधारिएका छन् । गाविसको ९३ हजारको लगानीमा ती धारा सुधारिएका हुन् । परापूर्वकालदेखि वेग्लाबेग्लै रुपमा बनाइएका ती चार धारा एकै ठाउँमा भएपनि दलित र गैरदलित समुदायले छुट्टाछुटै प्रयोग गर्ने गरेका छन् । अहिले भने ती धारामा सबैले संगै पानी भर्ने गरेका छन् । धारा रहेको स्थानलाई बाहुन धाराले चिनिन्छ । छुवाछूतको अन्त्य नभएपनि उच्च जातिका मानिसले प्रयोग गर्ने धारामा पुरानै संस्कारका कारण छाउपडीलाई प्रतिबन्द गरिएको छ ।
स्थानीयबासीका अनुसार ती धाराहरु जनसंख्या र जातिकै आधारमा पहिले निर्माण गरिएका थिए । सबैभन्दा होचो दमाई, मध्यम खालको कामी, अलि अग्लो सार्की र सबैभन्दा अग्लो धारा वाहुन समुदायले प्रयोग गर्ने गरेको मन्नामे नेपालीले बताए । ‘उच्च जातिको धारामा खापर मन्दिर भएकाले हामीलाई दैलेखको जम्बुकाँध– ७ वस्तकोट गाउँमा चार जातिका चारवटा धारा मध्य दुई दलित धारा सुधारिएका छन् । गाविसको ९३ हजारको लगानीमा ती धारा सुधारिएका हुन् । परापूर्वकालदेखि वेग्लाबेग्लै रुपमा बनाइएका ती चार धारा एकै ठाउँमा भएपनि दलित र गैरदलित समुदायले छुट्टाछुटै प्रयोग गर्ने गरेका छन् । अहिले भने ती धारामा सबैले संगै पानी भर्ने गरेका छन् । धारा रहेको स्थानलाई बाहुन धाराले चिनिन्छ । छुवाछूतको अन्त्य नभएपनि उच्च जातिका मानिसले प्रयोग गर्ने धारामा पुरानै संस्कारका कारण छाउपडीलाई प्रतिबन्द गरिएको छ ।
छुनु हुँदैन भन्थे हामी पनि डरले जाँदैन थियौं’, उनले भने, ‘उच्च जातिको धारा माथि अझैपनि ढुंगाको मूर्ति छ त्यसलाई जेठ र साउन पूर्णिमामा उच्च जातिकाले मात्र पूजाआजा गर्ने हुनाले छुइनेरीले पनि दलितकै धारामा नुहाउने गर्छन् ।’
केही महिना अगाडि दलितका धारा सुधारिएपछि माथिल्लो जातले पनि दलितको धारामा पानी भर्न थालेको खड्के नेपालीले जानकारी दिए । ‘अझैपनि माथिल्लो जातका व्यक्तिलाई अगाडि पानी भर्न दिएपछि मात्र हाम्रो पालो आउँछ’ उनले गुनासो पोखे । दलित धारामर्मत गरिएपनि दलित समुदायलाई काम गर्न नदिएको ललिता नेपालीले बताइन् । ‘महिलाले काम गर्न सक्दैनौं घर जाउ भने हकारे, कामै नगरी हामी फर्कियौं’, उनले भनिन् ‘धारामा महिलाहरुलाई अझै पनि छुवाछूत गर्छन्’ ललिताले गुनासो पाखिन् ।
जम्बुकाँध–८ घर भएका सामाजिक कार्यकर्ता हिम कार्कीले भने ‘गाउँमा चार जातिका समुदायको मात्र बसोबास भएकाले जातिगत आधारमा परापूर्वकालमा ती धारा निर्माण गरिएको भएपनि हाल मर्मत गरिएका दलित धारामा खानेपानी र छुइनेरीको लागि प्रयोग हुने गरेका छन् । ‘एक धारामा दलित र गैरदलितले खानेपानीको लागि प्रयोग गर्छन् र अर्को धारामा छाउपडीलाई नुहाउन र कपडा धुन प्रयोग गरिएको छ,’ उनले जानकारी दिए ।
उच्च जातिका भनिएका दुई धारा जीर्ण भएकाले सबै जातिले एउटै दलित धारामा पानी पिउने गरेका छन् । ‘दलित र गैरदलित वीचको छुवाछूत विस्तारै हट्दै गएपनि दलित/दलित वीच भने छुवाछूत कायमै रहेको छ’, उनले थपे ।
दलितका ४५ घरधुरी र अन्यजातिका ५० घरधुरीले ती धाराको पानी प्रयोग गर्ने गरेका छन् । सो वस्तीमा सार्की, वाहुन, दमाई र कामी जातिको बसोवास रहेको छ ।

No comments:
Post a Comment