राजेन्द्र कार्की
जाजरकोट, २४ असोज ।
जाजरकोटमा ५ बर्षमुनिका ५८ प्रतिशत बालबालिकका कुपोषणबाट प्रभावित भएको तथ्य खुलेको छ । युनिसेफको प्राविधिक सहयोगमा समुदायमा आधारित कुपोषण ब्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले गरेको एक अध्ययनले यस्तो तथ्य फेला परेको हो । चरम गरिवीका कारण गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुले पोषणयुक्त खाना खान नपाउँदा कुपोषित बालबालिकाको संख्या बढेको हो ।
जिल्लाका जन्मेदेखि ५ बर्षभित्रका कूल २० हजार ४९ बालबालिका मध्ये झण्डै ५८ प्रतिशत बालबालिका कुनै न कुनै प्रकारको कुपोषणले प्रभावित भएका छन् । त्यसमध्य २ दशमलब ४ प्रतिशत कडा सीघ्र कुपोषण, ८ दशमलब १ प्रतिशत मध्यम खालको कुपोषण र अन्य सामान्य खालको कुपोषण पाइएको जिल्ला स्वास्थ्य प्रमुख डा. विवेककुमार लालले जानकारी दिए ।
‘५ बर्षमुनिका बालबालिका मध्य देशभर ४१ प्रतिशत र मध्यपश्चिममा ५२ प्रतिशत भएपनि जाजरकोटमा भने ५८ प्रतिशत बालबालिका कुपोषणको शिकार भैरहेका छन् । यो तथ्यांकले पनि यहाँका अधिकांश बालबालिका कुपोषणग्रस्त भएको पुष्टि जाजरकोटमा ५ बर्षमुनिका ५८ प्रतिशत बालबालिकका कुपोषणबाट प्रभावित भएको तथ्य खुलेको छ । युनिसेफको प्राविधिक सहयोगमा समुदायमा आधारित कुपोषण ब्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले गरेको एक अध्ययनले यस्तो तथ्य फेला परेको हो । चरम गरिवीका कारण गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुले पोषणयुक्त खाना खान नपाउँदा कुपोषित बालबालिकाको संख्या बढेको हो ।
जिल्लाका जन्मेदेखि ५ बर्षभित्रका कूल २० हजार ४९ बालबालिका मध्ये झण्डै ५८ प्रतिशत बालबालिका कुनै न कुनै प्रकारको कुपोषणले प्रभावित भएका छन् । त्यसमध्य २ दशमलब ४ प्रतिशत कडा सीघ्र कुपोषण, ८ दशमलब १ प्रतिशत मध्यम खालको कुपोषण र अन्य सामान्य खालको कुपोषण पाइएको जिल्ला स्वास्थ्य प्रमुख डा. विवेककुमार लालले जानकारी दिए ।
हुन्छ । ‘चरम गरिवीका कारण गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुले पोषणयुक्त खाना खान नपाउँदा कुपोषित बालबालिकाको संख्या बढेको बढेको हो,’ जिल्ला स्वास्थ्य प्रमुख डा. लालले भने । सुत्केरी गर्भवती महिला र नवजात शिशुले पोषणयुक्त खान नपाउँदा बालबालिकामा कुपोषणको लक्ष्यण देखापर्ने उनको भनाइ छ । कतिपय जन्मिदै कुपोषित बच्चा जन्मिन्छन्भने कतिपय जन्मिसकेपछि कुपोषणको लक्षण देखापर्ने गरेको डा. लालले बताए । ‘यो सवै गरिवीको परिणाम हो,’ उनले भने । उमेर अनुसारको उचाइ र तौल नहुनु, उचाइ अनुसार तौल नहुनु, ख्याउटे, अति दुब्लो, खान मन नगर्ने, रुन्चे लगायतका लक्षण देखिए कुपोषणको उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । सरकारले युनिसेफको प्राविधिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयमार्फत जाजरकोटमा दुई बर्षदेखि समुदायमा आधारित कुपोषण ब्यवस्थापन कार्यक्रम संचालन गरिरहेको छ । तर जनचेतनाको अभावका कारण कार्यक्रम प्रभावकारी हुन सकेको छैन । अहिलेसम्म १ हजार १ सय ९२ जना कुपोषित बालबालिका उपचारको लागि स्वास्थ्य संस्था आएकोमा १ हजार ४ जना उपचारपछि तन्दरुस्त भएको, १ सय ४१ जनाको उपचार भैरहेको सो कार्यक्रका समन्वयकर्ता दुर्गा खड्काले जानकारी दिएकी छन् । तर ३८ जनाले उपचार गर्दागदै वीचैमा छोडेको र अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा आउने ९ जना बालबालिको ज्यान गएको समन्वयकर्ता खड्काले बताइन् । कार्यक्रम अन्तर्गत जिल्लाका १४ वटा केन्द्रबाट कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थाले उपचारात्मक तयारी खाना दिने गरेको छ।

No comments:
Post a Comment