सुर्खेतपत्र संवाददाता
सुर्खेत, २४ असोज ।
सुर्खेत क्याम्पस शिक्षा र आन्दोलनरत विद्यार्थीहरुबीच बुधबार सहमति भएको छ । विभिन्न मागहरु राखेर आनन्दोलन थालेको अखिल क्रान्तिकारी र क्याम्पस प्रशासनबीच बुधबार भएको वार्तामा पाँच बुदे सहमति भएको हो । अखिल क्रान्तिकारीले राखेका मागहरु क्याम्पसले आगामी मंसिर महिनासम्म पुरा गर्ने प्रतिबद्धता जनाएको छ । सहमति अनुसार क्याम्पसमा प्रक्रिया नपुर्याएर नियुक्त गरिएका कर्मचारीको विषयमा तीन दिन भित्रमा व्यवस्थापन समितिमा लैजाने र त्यसले गर्ने निर्णयलाई कार्यान्वयन गर्ने उल्लेख छ ।
यस्तै त्रिविको नियम अनुसार प्राध्यापकहरुलाई कक्षा लिने व्यवस्था गर्ने, स्नातक प्रथम वर्षमा विद्यार्थी संख्या धेरै भएमा अर्थशास्त्र र मेजर शिक्षाको विहानी कक्षा संचालन गर्ने, नयाँ छात्रवृत्ति मंसिरको दोस्रो सातासम्म खुलाउने र पुस्तकालय र प्रयोशालाको उचित व्यवस्थापन गर्नेपनि सहमति भएको छ । यसअघि अखिल क्रान्तिकारी आफूहरुको माग पुरा नभएको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएर आन्दोलन सुरु गरेको थियो ।सुर्खेत क्याम्पस शिक्षा र आन्दोलनरत विद्यार्थीहरुबीच बुधबार सहमति भएको छ । विभिन्न मागहरु राखेर आनन्दोलन थालेको अखिल क्रान्तिकारी र क्याम्पस प्रशासनबीच बुधबार भएको वार्तामा पाँच बुदे सहमति भएको हो । अखिल क्रान्तिकारीले राखेका मागहरु क्याम्पसले आगामी मंसिर महिनासम्म पुरा गर्ने प्रतिबद्धता जनाएको छ । सहमति अनुसार क्याम्पसमा प्रक्रिया नपुर्याएर नियुक्त गरिएका कर्मचारीको विषयमा तीन दिन भित्रमा व्यवस्थापन समितिमा लैजाने र त्यसले गर्ने निर्णयलाई कार्यान्वयन गर्ने उल्लेख छ ।
No comments:
Post a Comment