सुर्खेतपत्र संवाददाता
सुर्खेत, १५ पुस ।
यहाँ संचालन भइरहेको रेडबुल क्लवस्तरीय जिल्ला लिग फुटवल प्रतियोगिताको आइतवारको खेलमा संगम क्लव र न्यू जेनेरेशन क्लव विजयी भएका छन्भने शिवविहार र डिएमसी व्वाईज युनियन बराबरीमा रोकिएका छन् । पहिलो खेलमा संगमले बुद्धपथ क्लवलाई १ गोल गरी विजयी भएको हो । संगमका लागि रविन गुरुङले गोल गरे । यस्तै दोस्रो खेलमा न्यू जेनेरेशनले जीवनज्योतिलाई १ का विरुद्ध ४ गोल गरी विजयी भएको हो । जेनेरेशनका लागि संजय जोशीले २ र दिपक केसी र धनबहादुर रावतले १/१ गोल गरेका थिएभने जीवनज्योतिका लािग हेम तामाङले गोल गरेका थिए ।
यस्तै शिवविहार र डिएमसी व्वाईज युनियनवीच १/१ गोल भएको थियो । जसमा शिवरविहारका तर्फबाट अमीत गौतम र युनियनका तर्फबाट केशव आलेले गोल गरेका थिए । आज सोमवार फ्रेण्डसीप र शिखर क्लव तथा जीअल र शिवविहारवीच हुने सुर्खेत जिल्ला फुटवल संघका अध्यक्ष दिपक राईले जनाए ।यहाँ संचालन भइरहेको रेडबुल क्लवस्तरीय जिल्ला लिग फुटवल प्रतियोगिताको आइतवारको खेलमा संगम क्लव र न्यू जेनेरेशन क्लव विजयी भएका छन्भने शिवविहार र डिएमसी व्वाईज युनियन बराबरीमा रोकिएका छन् । पहिलो खेलमा संगमले बुद्धपथ क्लवलाई १ गोल गरी विजयी भएको हो । संगमका लागि रविन गुरुङले गोल गरे । यस्तै दोस्रो खेलमा न्यू जेनेरेशनले जीवनज्योतिलाई १ का विरुद्ध ४ गोल गरी विजयी भएको हो । जेनेरेशनका लागि संजय जोशीले २ र दिपक केसी र धनबहादुर रावतले १/१ गोल गरेका थिएभने जीवनज्योतिका लािग हेम तामाङले गोल गरेका थिए ।
No comments:
Post a Comment