निर्वाचित निकायमा १० प्रतिशत आरक्षण माग

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १५ पुस ।
    नेपाल ट्ेरड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सदस्य कमल गौतमले राज्यको हरेक निर्वाचित निकायमा १० प्रतिशत आरक्षणको माग गरेका छन् ।
    पेन्टर मजदुर समितिको भेलामा बोल्दै उनले  सामाजिक सुरक्षा कोषको नीति तत्काल राज्यले व्यवस्था गर्नुपर्ने, असंगठित क्षेत्रका श्रमिकहरुलाई परिचयपत्र दिइनेपनि बताए ।
    जिफन्ट सुर्खेतका अध्यक्ष तोरण विकले संगठित भएर अगाडि बढ्दा अधिकार प्राप्ति गर्न सहज हुने जनाए ।
    समितिका अध्यक्ष भीमलाल न्यौपानेको सभापतित्वमा भएको भेलामा अटो मेकानिक्सका अध्यक्ष मिज्जन अन्सारी, सचिव रत्नलाल न्यौपानेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
 

No comments:

Post a Comment