सुर्खेतपत्र संवाददाता
सुर्खेत, १५ पुस ।
नेकपा एमाले सुर्खेतले गत शुक्रवार गमखोलामा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ । आइतवार एक विज्ञप्ति प्रकाशित गरी दु:ख व्यक्त गरेको हो । विज्ञप्तिमा २०६९ पौष १३ गते विहान १५ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते हुने गरी दशरथपुरको गमखोलामा भएको बस दुर्घटनाप्रति नेकपा एमाले सुर्खेतको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुने १५ जनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति पनि पार्टीले समवेदना व्यक्त गरेको छ । र, घाइते भएका सम्पूर्णको सिघ्र स्वास्थय लाभको कामना गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरुको उपचारका साथै राहतको व्यवस्था गर्न सम्बन्धित निकायसंग जोडदार माग गरेको छ । नेकपा एमाले सुर्खेतले गत शुक्रवार गमखोलामा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ । आइतवार एक विज्ञप्ति प्रकाशित गरी दु:ख व्यक्त गरेको हो । विज्ञप्तिमा २०६९ पौष १३ गते विहान १५ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते हुने गरी दशरथपुरको गमखोलामा भएको बस दुर्घटनाप्रति नेकपा एमाले सुर्खेतको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दुर्घटनाको कारण छानविन गरी आगामी दिनमा यस्ता दु:खदायी दुर्घटना हुन नदिन र सडकको स्तरोन्नति गर्न पार्टी सुर्खेतका प्रचार विभाग प्रमुख टेकेन्द्र बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
No comments:
Post a Comment