१५ को मृत्यु, ३० घाइते
ललित बसेल/कमल पन्त
सुर्खेत, १३ पुस ।
पूर्वी सुर्खेतको गुमीदेखि सदरमुकाम वीरेन्द्रनगरतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । घुम्ती काट्न नसक्दा बस सडकबाट करिव ६० मिटर तल खोलामा खसेर कच्याककुचुक भएको छ ।
धुलियाविट–भेडावारी सडकखण्डको दशरथपुरस्थित गमखोलामा शुक्रवार विहान करिव साढे ८ बजेतिर ना २ ख ५७४१ नम्बरको बस दुर्घटनाग्रस्त भएको थियो । १३ जनाको घटनास्थलमै, एक जनाको मप क्षेत्रीय अस्पताल र एक जना नेपालगन्ज लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृत्यु हुनेहरुमा चितवनका राम रानाभाट, दशरथपुर–४ का ममता खड्का, दशरथपुर–५ का दिपा ढकाल, गुमी–५ का गजेन्द्र गुरुङ, दशरथपुर–५ का कुमार पौडेल, दशरथपुर–७ का मानबहादुर गाहा छन् । यस्तै दैलेखका टकराज विक, गुमी–४का केशर श्रीष र अर्जुन श्रीष, साटाखानीका यमन मिदुन, कल्याण–८ का चन्द्रकला रावत, गुमी–१ का अजीत सुनार र गुमी–६ का देवीकला सुनारको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी विश्वनिरन्जन प्रधानले क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार गर्दागर्दै लेखफर्सा–९ का बुद्धिकला फौजा र नेपालगन्ज लैजाँदै गर्दा बस चालक वीरेन्द्रनगर–६ का ललित भण्डारीको मृत्यु भएको बताए ।
क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार गर्न ल्याएका ३० जनामध्ये १३ जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर
गरिएको छ । बस चालक भण्डारीलाई पनि थप उपचारका लागि रिफर गरिएको थियो । तर उनको बाटैमा मृत्यु भयो । बसमा धेरैजसो गुमी, दशरथपुर गाविसमा मानिसहरु परेका छन् । छिमेकी गाविस मेहेलकुनाको सुभाघाट मेला सुरु भएको दिन उक्त घटना भएको स्थानीयहरु बताएका छन् ।
बस दुर्घटना सजिलो बाटोमा भएको एसपी प्रधानले बताए । उनका अनुसार बाटोमा कुनै घुम्ती नभएको, धेरै साँघुरो पनि नभएको तर एक्कासी बस खोलामा खसेको छ । दुर्घटनाको प्रारम्भिक अनुसन्धान अनुसार ‘प्राविधिक त्रुटि’ नै भएको दावी एसपी प्रधानले गरेका छन् । घटनास्थलमा मृत्यु भएकाहरुलाई दशरथपुरस्थित स्वास्थ्य केन्द्रमा क्षेत्रीय अस्पताल सुर्खेतबाट चिकित्सकहरुको टोली पठाएर पोष्टमार्टम गरिएको जानकारी उनले दिए ।
बसमा यात्रुहरुको चाप बढी रहेको उद्धार कार्यमा संलग्न दशरथपुर–५ का दिपु शाहीले बताए । उनले दुर्घटना भएपछि उद्धार गर्ने टोली ढिलो पुगेकोले धेरैको मृत्यु भएको जनाए । घटनास्थल र दशरथपुर प्राथमिक स्वास्थ्यकेन्द्रको दुरी करिव एक किलोमिटर मात्रै टाढा छ । गाउँलेहरु उद्धार गरे तर स्वास्थ्यकर्मीको टोली एक घन्टापछि मात्रै आएले धेरैको मृत्यु भएको शाहीले बताए । घटनास्थल सदरमुकाम वीरेन्द्रनगरदेखि १७ किलोमीटर पूर्वमा पर्दछ ।
नेपाली सेनामा २२ वर्षे सेवा अवधिपुरा गरी पेन्सनमा जान विदाका लागि वीरेन्द्रनगर स्थित व्यारेकमा जाँदै गरेकाराम रानाभाटा, पढाउनका लागि कालिकोट जान लागेका शिक्षक कुमार पौडेलको दुर्घटनामा परी मृत्यु भएको छ । यस्तै साटाखानीको चौरासेमा स्थानीय क्लवले शुक्रबार दिउँसो आयोजना गरेको भलिवल प्रतियोगितामा भाग लिन जाने क्रममा खेलाडीहरु घटनबहादुर चौधरी र मानबहादुर गाहापनि घाइते भएका छन् ।
भाग्यले बाँचे
वीरेन्द्रनगर–३ का डिल्ली गौतम त्यति ठूलो दुर्घटनामा परी बाँच्न सफल भएका छन् । नेपाली सेनामा कार्यरत गौतमदशरथपुरको माओवादी शिविरको सुरक्षार्थ खटिएका थिए । विदामा घर आउने भनी उनी सोही बसमा दशरथपुरबाट चढेका थिए ।
यति ठूलो दुर्घटना हुँदा आफू भाग्यले बाँचेको क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका गौतमले बताए । उनले बस घुम्तीमा मोडिन खोज्दाखेरी सडकबाट तल खोलामा खसेको जनाए । उनका अनुसार बसमा यात्रुहरु करिव ५०/६० जना रहेका थिए । दुर्घटना भइसकेपछि कोही चिच्याएको, कोहीले बचाउ भनेको भन्दै उनले आफू भाग्यले बाँच्न सफल भएको बताए । उनको टाउकोमा मात्र चोट लागेको छ ।
शुक्रवार साँझसम्म क्षेत्रीय अस्पतालमा चार/पाँच जना घाइते मात्रै रहेको अस्पतालका आकस्मिक इन्चार्ज सिअहेव अम्मरबहादुर रानाले बताए । उनका अनुसार रिफर गरेका बाहेक १५ जना घाइतेमा उपचारपछि गइसकेको अव चार/पाँच जनामात्रै रहेका छन् । एक्सरे विग्रिएपछि माया नर्सिङ होममा पठाइएको उनलेबताए । घाइतेको उपचार स्थान अभाव भएपछि प्रांगणमा पनि गरिएको थियो ।
घाइतेहरुको नामावली
क्षेत्रीय अस्पताल सुर्खेतमा उपचाररत
प्रेम घिमिरे जर्बुटा–१
सरिता रोकाय दशरथपुर–३
नैनसरा खड्का दशरथपुर–३
खिमबहादुर थापा दशरथपुर–७
यामलाल चपाई दशरथपुर–७
राजेन्द्र बुढा दशरथपुर–३
डिल्ली गौतम वीरेन्द्रनगर–३
चन्द्रबहादुर राना कल्याण–२
चित्रबहादुर राना कल्याण–२
घनबहादुर चौधरी लाटिकोइली–६
दिपा दर्लामी दशरथपुर–४
याम घर्ती गुमी–५
नैनसरा सुनार लेखफर्सा–७
सावित्रा ढकाल दशरथपुर–७
राकेश हमाल दशरथपुर–७
दन्तबहादुर सुनार कल्याण–६
नेपालगन्ज रिफर गरिएका घाइतेहरु
मनोज गुरुङ गुमी–१
जैसरा श्रीस गुमी–५
हरि कँडेल लेखफर्सा–६
पार्वती सुनार गुमी–१
तारा बुढा नेटा–८
गान्धी विक गुमी–१
नन्दवीर विक कल्याण–६
झरना अधिकारी लेखफर्सा–७
छलु अधिकारी लेखफर्सा–७
मनिसा तारम लेखफर्सा–८
दिनेश पुन गुमी–४
मनरुपा विक दैलेख चौराठा–९
योगेन्द्र खड्का (सेनाले आफ्नै अस्पतालमा लगेको)
सुभाघाट मेलाको संयोग
धान्याचल पूर्णिमाको अवसरमा मेहेलकुनामा लाग्ने सुभाघाट मेलामै यस्ता तीन वटा दुर्घटनाहरु भएको छ । स्थानीयहरुका अनुसार २०३६ साल, २०६४ साल र २०६९ सालमा ठूला दुर्घटना भएका छन् । मेहेलकुनाको मेला लाग्ने क्रममा २०३६ सालमा पहिलो ठूलो घटना भएको थियो, जहाँ भेरी नदीमा डुंगा पल्टिँदा जनाले ७ ज्यान गुमाएका थिए । यस्तै २०६४ भोलुंगे पुल चुडिंदा २४ जनाको मृत्यु भएको थियोभने यसपटक मेला लाग्ने क्षेत्रमै १५ जनाले बस दुर्घटनामा ज्यान गुमाएका छन् । शनिबार लाग्ने मेलाका लागि मेहेलकुनामा भव्य तयारी थियो । उक्त दुर्घटनाले गर्दा मेला शोकमा परिणत भएको छ ।
दलहरुद्वारा दु:ख व्यक्त
यता घटनाप्रति सुर्खेतका विभिन्न राजनीतिक दललगायत संघसंगठनहरुले दु:ख प्रकट गरेका छन् । एनेकपा माओवादी सुर्खेत, नेकपा–माओवादी सुर्खेत, राष्ट्रिय जनमोर्चा सुर्खेत, अखिल क्रान्तिकारी सुर्खेत, सुर्खेत जिल्ला भलिवल संघ, जिल्ला खेलकुद विकास समितिले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी घटनाप्रति दु:ख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले घाइतेहरुको उपचार र मृतकहरुलाई उचित क्षतिपूर्ति दिन विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
गरिएको छ । बस चालक भण्डारीलाई पनि थप उपचारका लागि रिफर गरिएको थियो । तर उनको बाटैमा मृत्यु भयो । बसमा धेरैजसो गुमी, दशरथपुर गाविसमा मानिसहरु परेका छन् । छिमेकी गाविस मेहेलकुनाको सुभाघाट मेला सुरु भएको दिन उक्त घटना भएको स्थानीयहरु बताएका छन् ।
बस दुर्घटना सजिलो बाटोमा भएको एसपी प्रधानले बताए । उनका अनुसार बाटोमा कुनै घुम्ती नभएको, धेरै साँघुरो पनि नभएको तर एक्कासी बस खोलामा खसेको छ । दुर्घटनाको प्रारम्भिक अनुसन्धान अनुसार ‘प्राविधिक त्रुटि’ नै भएको दावी एसपी प्रधानले गरेका छन् । घटनास्थलमा मृत्यु भएकाहरुलाई दशरथपुरस्थित स्वास्थ्य केन्द्रमा क्षेत्रीय अस्पताल सुर्खेतबाट चिकित्सकहरुको टोली पठाएर पोष्टमार्टम गरिएको जानकारी उनले दिए ।बसमा यात्रुहरुको चाप बढी रहेको उद्धार कार्यमा संलग्न दशरथपुर–५ का दिपु शाहीले बताए । उनले दुर्घटना भएपछि उद्धार गर्ने टोली ढिलो पुगेकोले धेरैको मृत्यु भएको जनाए । घटनास्थल र दशरथपुर प्राथमिक स्वास्थ्यकेन्द्रको दुरी करिव एक किलोमिटर मात्रै टाढा छ । गाउँलेहरु उद्धार गरे तर स्वास्थ्यकर्मीको टोली एक घन्टापछि मात्रै आएले धेरैको मृत्यु भएको शाहीले बताए । घटनास्थल सदरमुकाम वीरेन्द्रनगरदेखि १७ किलोमीटर पूर्वमा पर्दछ ।
नेपाली सेनामा २२ वर्षे सेवा अवधिपुरा गरी पेन्सनमा जान विदाका लागि वीरेन्द्रनगर स्थित व्यारेकमा जाँदै गरेकाराम रानाभाटा, पढाउनका लागि कालिकोट जान लागेका शिक्षक कुमार पौडेलको दुर्घटनामा परी मृत्यु भएको छ । यस्तै साटाखानीको चौरासेमा स्थानीय क्लवले शुक्रबार दिउँसो आयोजना गरेको भलिवल प्रतियोगितामा भाग लिन जाने क्रममा खेलाडीहरु घटनबहादुर चौधरी र मानबहादुर गाहापनि घाइते भएका छन् ।
भाग्यले बाँचे
वीरेन्द्रनगर–३ का डिल्ली गौतम त्यति ठूलो दुर्घटनामा परी बाँच्न सफल भएका छन् । नेपाली सेनामा कार्यरत गौतमदशरथपुरको माओवादी शिविरको सुरक्षार्थ खटिएका थिए । विदामा घर आउने भनी उनी सोही बसमा दशरथपुरबाट चढेका थिए ।
शुक्रवार साँझसम्म क्षेत्रीय अस्पतालमा चार/पाँच जना घाइते मात्रै रहेको अस्पतालका आकस्मिक इन्चार्ज सिअहेव अम्मरबहादुर रानाले बताए । उनका अनुसार रिफर गरेका बाहेक १५ जना घाइतेमा उपचारपछि गइसकेको अव चार/पाँच जनामात्रै रहेका छन् । एक्सरे विग्रिएपछि माया नर्सिङ होममा पठाइएको उनलेबताए । घाइतेको उपचार स्थान अभाव भएपछि प्रांगणमा पनि गरिएको थियो ।
घाइतेहरुको नामावली
क्षेत्रीय अस्पताल सुर्खेतमा उपचाररत
प्रेम घिमिरे जर्बुटा–१
सरिता रोकाय दशरथपुर–३
नैनसरा खड्का दशरथपुर–३
खिमबहादुर थापा दशरथपुर–७
यामलाल चपाई दशरथपुर–७
राजेन्द्र बुढा दशरथपुर–३
डिल्ली गौतम वीरेन्द्रनगर–३
चन्द्रबहादुर राना कल्याण–२
चित्रबहादुर राना कल्याण–२
घनबहादुर चौधरी लाटिकोइली–६
दिपा दर्लामी दशरथपुर–४
याम घर्ती गुमी–५
नैनसरा सुनार लेखफर्सा–७
सावित्रा ढकाल दशरथपुर–७
राकेश हमाल दशरथपुर–७
दन्तबहादुर सुनार कल्याण–६
नेपालगन्ज रिफर गरिएका घाइतेहरु
मनोज गुरुङ गुमी–१
जैसरा श्रीस गुमी–५
हरि कँडेल लेखफर्सा–६
पार्वती सुनार गुमी–१
तारा बुढा नेटा–८
गान्धी विक गुमी–१
नन्दवीर विक कल्याण–६
झरना अधिकारी लेखफर्सा–७
छलु अधिकारी लेखफर्सा–७
मनिसा तारम लेखफर्सा–८
दिनेश पुन गुमी–४
मनरुपा विक दैलेख चौराठा–९
योगेन्द्र खड्का (सेनाले आफ्नै अस्पतालमा लगेको)
सुभाघाट मेलाको संयोग
धान्याचल पूर्णिमाको अवसरमा मेहेलकुनामा लाग्ने सुभाघाट मेलामै यस्ता तीन वटा दुर्घटनाहरु भएको छ । स्थानीयहरुका अनुसार २०३६ साल, २०६४ साल र २०६९ सालमा ठूला दुर्घटना भएका छन् । मेहेलकुनाको मेला लाग्ने क्रममा २०३६ सालमा पहिलो ठूलो घटना भएको थियो, जहाँ भेरी नदीमा डुंगा पल्टिँदा जनाले ७ ज्यान गुमाएका थिए । यस्तै २०६४ भोलुंगे पुल चुडिंदा २४ जनाको मृत्यु भएको थियोभने यसपटक मेला लाग्ने क्षेत्रमै १५ जनाले बस दुर्घटनामा ज्यान गुमाएका छन् । शनिबार लाग्ने मेलाका लागि मेहेलकुनामा भव्य तयारी थियो । उक्त दुर्घटनाले गर्दा मेला शोकमा परिणत भएको छ ।
दलहरुद्वारा दु:ख व्यक्त
यता घटनाप्रति सुर्खेतका विभिन्न राजनीतिक दललगायत संघसंगठनहरुले दु:ख प्रकट गरेका छन् । एनेकपा माओवादी सुर्खेत, नेकपा–माओवादी सुर्खेत, राष्ट्रिय जनमोर्चा सुर्खेत, अखिल क्रान्तिकारी सुर्खेत, सुर्खेत जिल्ला भलिवल संघ, जिल्ला खेलकुद विकास समितिले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी घटनाप्रति दु:ख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले घाइतेहरुको उपचार र मृतकहरुलाई उचित क्षतिपूर्ति दिन विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
No comments:
Post a Comment