देउती बज्यै मन्दिरमा चोरी

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १५ पुस ।
    चोरहरुले मन्दिरपनि चोर्न बाँकी राखेनन् । शनिवार राती लाटिकोइली गाविसको पिपरास्थित प्रसिद्ध देउतीबज्यै मन्दिर चोरी भएको छ ।     करिव १२ वजेतिर मन्दिरमा चोरी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका सचिव जीवन केसीका अनुसार मन्दिरको दुई वटा दान पेटिका चोरी भएको हो ।  
    उनले दुई वटा दानपेटिकामा गरेर ११ हजार नगद रहेको थियो । राती मन्दिरको चौकीदार पुजारी विरामी भएकोले अस्पताल गएको वेलामा चोरी भएको र फर्किएर आउँदामात्रै चोरी भएको पत्ता लागेको बताए ।
    केसीले मन्दिरकै मुख्य पुजारीले नै यस्तो काम गर्न लगाएको हुन सक्ने आरोप लगाए । यता प्रहरीले चोरीको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको छ । दिपक चौधरी, दिपु चौधरी र नवीनकुमार मगरलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भीमलाल भट्टराईले बताए । उनीहरु सवै नाबालक हुन् । उनीहरुमाथि अनुसन्धान भएको प्रहरीले जनाएको छ । 

No comments:

Post a Comment