जनजातिहरुको अर्को छुट्टै पार्टी

सुर्खेतपत्र संवाददाता 
काठमाडौ, १५ पुस ।
    अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी घोषणा भएको एक महिना वित्न नपाउँदै अर्को जनजाति पार्टी ‘सामाजिक लोकतान्त्रिक पार्टी’ घोषणा भएको छ ।  पार्टी गठनवारे सैद्धान्तिक रुपमा विवाद भएपछि राईसंग छुट्टिएका चैतन्य सुब्बालगायतका जनजाति अगुवाहरुले आइतवार चाबहिलमा पत्रकार सम्मेलनको गरी सात सदस्यीय अध्यक्ष मण्डलसहित ६३ सदस्यीय केन्द्रिय तदर्थ समिति घोषणा गरिएको हो ।
    सात सदस्यीय अध्यक्ष मण्डलमा सुब्बासहित पासाङ शेर्पा, ज्योति दनुवार, बमकुमारी वुढा मगर, कुमार राई, दलमर्दन कामी र निमा ग्याल्जेन ह्याल्मो छन् ।
    ‘संघीयता, बहुराष्ट्रवाद, आदिवासीवाद र सामाजिक न्याय’ प्रमुख सिद्धान्त रहेको पार्टीमा सुब्बासहित पासाङ शेर्पा, बम कुमारी बुढामगर, कुमार राई, दलमर्दन कामी, निमा ग्याल्जेन ह्योल्मा, पासाङ शेर्पा र ज्योति दनुबार छन् ।
    पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सैद्धान्तिकरुपमा संघीयतामा आदिवासी मुद्दा प्रमुख भएपनि पार्टीमा दलित, अल्पसंख्यक वर्गको प्रतिनिधित्व रहने वताइएको छ  । ७ सदस्यीय अध्यक्ष मण्डलले पालैपालो पार्टीको नेतृत्व गर्न जानकारी पत्रकार सम्मेलनमा दिइयो ।  गत साउनमा नै सुब्बाको नेतृत्वमा गठित समितिले ‘सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी’ प्रस्ताव गरेको थियो ।
 

No comments:

Post a Comment