भारतको बिहार राज्यको २९ सदस्यीय क्याबिनेटमा १५ मन्त्री करोडपति परेका छन्, जसमा मुख्यमन्त्री नितिशकुमार र उपमुख्यमन्त्री सुशीलकुमार मोदीको नाम पनि छ । बिहारमा भ्रष्टाचार रोक्ने प्रयास स्वरुप मुख्यमन्त्री नितिशले आफ्नो क्याबिनेट मन्त्रीहरुलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएका थिए ।
क्याबिनेटमन्त्रीमा नयाँ करोडपतिमा अश्विनीकुमार चौबे, श्याम रजक, भीम सिंह र बिजय चौधरीपनि छन् । सबैभन्दा धनीमन्त्रीमा मानब संशोधन विकासमन्त्री पी के शाही छन्, उनको कूल सम्पत्ति भारु ६ करोडभन्दा बढी छ । सबैभन्दा कम सम्पत्ति भएका मन्त्रीमा सुखदा पाण्डे छन्, जसको सम्पत्ति २८ लाख ५५ हजार भारु छ । नितिशकुमारको कूल सम्पत्ति ५९ लाख छ । तर, उनका छोराको सम्पत्तिलाई जोड्दा उनी पनि करोडपति हुन्छन् । नितिश पुत्र निशान्तसंग १.२६ करोड भारु सम्पत्ति छ ।
No comments:
Post a Comment