राजेन्द्र कार्की
जाजरकोट, ६ माघ ।
अहिले जाजरकोट खलंगामा चुनावी माहोल तातिएको छ । चुनावी माहोल र गतिविधि देख्दा यो कुनै गाविस वा पार्टीको नेतृत्व छनौटका लागि हुन लागेको जस्तो देखिन्छ । सदरमुकाम खलंगास्थित त्रिभुवन उच्च माविको विद्यालय व्यवस्थापन समितिको छनौटका लागि माघ ५ गते हुने निर्वाचनका लागि यति वेला खलंगामा विभिन्न दलका नेता कार्यकर्ताहरुको चहलपहल तीव्र वनेको छ ।
उम्मेदवारको चयन र चुनावी प्रतिष्पर्धामा दलीय चलखेलले सवैलाई चुनाव विद्यालय व्यवस्थापन समिति छनौटका लागि भन्दा पनि कुनै दललाई जिताउन र कुनै दललाई हराउनका लागि हुन लागेको जस्तो देखिन्छ । प्रचार प्रसारका पोष्टर पम्पलेटले सदरमुकाम झकिझकाउ छ ।
शिक्षा नियमावली अनुसार विद्यालयको व्यवस्थापन समितिका लागि हुन लागेको निर्वाचनमा दलीय अहिले जाजरकोट खलंगामा चुनावी माहोल तातिएको छ । चुनावी माहोल र गतिविधि देख्दा यो कुनै गाविस वा पार्टीको नेतृत्व छनौटका लागि हुन लागेको जस्तो देखिन्छ । सदरमुकाम खलंगास्थित त्रिभुवन उच्च माविको विद्यालय व्यवस्थापन समितिको छनौटका लागि माघ ५ गते हुने निर्वाचनका लागि यति वेला खलंगामा विभिन्न दलका नेता कार्यकर्ताहरुको चहलपहल तीव्र वनेको छ ।
उम्मेदवारको चयन र चुनावी प्रतिष्पर्धामा दलीय चलखेलले सवैलाई चुनाव विद्यालय व्यवस्थापन समिति छनौटका लागि भन्दा पनि कुनै दललाई जिताउन र कुनै दललाई हराउनका लागि हुन लागेको जस्तो देखिन्छ । प्रचार प्रसारका पोष्टर पम्पलेटले सदरमुकाम झकिझकाउ छ ।
सहमति नभएकै कारण चुनाव हुन लागेको हो । विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावक भन्दापनि चुनावी नशाले पार्टीका नेता र कार्यकर्तालाई छोएको छ । अभिभावकलाई निर्वाचनमा जो आएपनि मतलव छैन तर पार्टीका नेताहरु भने आफ्नो पक्षको उम्मेदवारलाई जिताउन मरिमेटी लागेका छन् । यसअघि अभिभावकको रुपमा विद्यार्थीका दाजुभाइ वा अन्य नातापर्नेहरु भएपनि यस पटकवाट बुबाआमा र बाजे बज्यैले मात्र उम्मेदवार बन्न पाउने र भोट हाल्न पाउने व्यस्था गरेको छ ।
विद्यालय व्यवस्थापन समितिको चुनावका लागि अध्यक्ष लगायतका सदस्यहरुको उम्मेदवारीको घोषणाको निर्णय समेत दलीय गठवन्धनको निर्णयका आधारमा भएको छ । ५ गतेको व्यवस्थापन समितिको निर्वाचनका लागि दुई वटा दलीय प्यानलका वीच प्रतिस्पर्धा हुँदैछ । एकातर्फ राप्रपा, एकीकृत माओवादी र एमालेको गठवन्धन छभने अर्काेतर्फ नेपाली कांग्रेस र वैद्य माओवादीको गठवन्धन रहेको छ ।
राप्रपा एमाले एमाओवादीको गठवन्धनका तर्फवाट निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा र कांग्रेस माअोवादीको तर्फवाट प्रकाश कार्कीले उम्मेदवारी दिएका छन् । उनीहरु वीच कडा प्रतिस्पर्धा हुने सरोकारवालाहरु
वताउँछन् । शिक्षा नियमावली अनुसार अभिभावकहरुले आफूहरु मध्येबाट एक जना अध्यक्ष र एकजना महिलासहित ३ जना सदस्यहरु छान्ने प्रावधान छ । शिक्षा नियमावली अनुसार अभिभावकले विशुद्ध रुपमा पाएको अधिकार दलीय हस्तक्षेपका कारण खोसिएको सरोकारवालाहरु बताउँछन् ।
समिति अभिभावकहरुकै विचमा छलफल या चुनाव भएर वन्नुपर्ने मा दलीय भागभन्डा र निर्णयमा हुुनु राम्रो नभएको जिल्ला शिक्षा अधिकारी गिरमान थापाले वताए । उनले विद्यालय जस्तो क्षेत्रमा पार्टीहरुको विचमा खुल्ला हस्तक्षेप हुनुले राम्रो सन्देश नजाने
वताए । विद्यालयको चुनावमा दलीय गतिविधि वढी देखिनु राम्रो नभएको स्वयं दलकै कार्यकर्ताहरुको भनाइ छ । एकीकृत नेकपा माओवादी स्थानीय कार्यकर्ता लालवहादुर नेपाली विद्यालयमा दलीय चलखेल हुनु राम्रो नभएपनि पार्टीले चुनावी प्रचारका लागि उर्दी जारी गरेकाले प्रचारप्रचारमा लागेको वताए ।
त्रिभुवन उच्च माविका प्रधानाध्यापक केदारवहादुर शाहले विद्यालय जस्तो ठाउँमा राजनैतिक हस्तक्षेप यसरी हस्तक्षेप गर्नु राम्रो नहुने वताए । ‘विद्यालय सुधार गर्ने तथा विद्यालयका समस्या समाधान गर्ने काममा दलीय प्रतिस्पर्धा भएको भए राम्रो हुन्थ्यो’, उनले भने ।
No comments:
Post a Comment