सुर्खेतपत्र संवाददाता
सुर्खेत, ६ माघ ।
शुक्रबार राती जुम्ला कारागारमा झडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् । को गाउँले र को सहरिया भन्ने विषयमा झडप भएको बताइएको छ । विवादमा खाट, कुर्सी र सिलिङ गरेको काठ भाँचेर हानाहान भएको थियो ।
खेलकुद सामग्री र झ्याल ढोकापनि तोडफोड भएको कारागार प्रशासनले जनाएको छ । घाइते हुनेहरुमा जबर्जस्ती करणीमा कैद सजाय भोगिरहेका राजबहादुर रोकाय, बहुविवाह मुद्दा लागेका रामबहादुर शाही, ज्यान मार्ने उद्योग मुद्दाका निराजन नेपाल, कर्तव्य ज्यान मुद्दाका मागे बुढा, जयलाल बुढा र गणेश पण्डित रहेको सहायक प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । कर्णाली शिक्षण अस्पतालमा उपचारपछि उनीहरुलाई अहिले कारागारमै राखिएको छ ।शुक्रबार राती जुम्ला कारागारमा झडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् । को गाउँले र को सहरिया भन्ने विषयमा झडप भएको बताइएको छ । विवादमा खाट, कुर्सी र सिलिङ गरेको काठ भाँचेर हानाहान भएको थियो ।
घाइतेको निधार, आाखा, हात र खुट्टामा चोट लागेको छ । कारागारमा महिला र पुरुषका लागि जम्मा दुई कोठा छन् ।
पुरुषहरु एकै ठाउँमा राख्दा फेरि झडप हुने डरले एक जना मात्रै रहेकी महिला बन्दीलाई प्रशासन शाखामा
सारेर उनको कोठामा विवाद गर्ने एक समूहका पुरुषहरुलाई राखिएको छ ।
कारागामा एक महिलासहित १३ बन्दी छन् । त्यसमध्ये विवाद गर्नेहरुको आठ र चार जनाको गरी दुई समूह बनेको थियो ।
कारागारमा रहेका प्रहरीले झडप नियन्त्रणमा लिन नसकेपछि राती नै प्रहरी निरीक्षकको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट २५ जना प्रहरी खटाइएको थियो । कारागारमा सईको नेतृत्वमा १५ जना प्रहरीका रहेकामा सुरक्षा समितिको बैठक बसी केही संख्या थप गरिने प्रशासन कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment