सुर्खेतपत्र संवाददाता
सुर्खेत, ८ माघ ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) नामक एक गैरसरकारी संस्थाले सुर्खेतमा गत बर्ष खानेपानी र सरसफाईको क्षेत्रामा मात्रै झण्डै ७ करोड लगानी गरेको छ । जिल्लाका सात गाविसमा २२ वटा आयोजनामार्फत ६ करोड ९७ लाख रुपैयाँ लगानी गरेको हो ।
सुर्खेतका गुटु, सालकोट, घाटगाउँ, कुनाथरी, लेखगाउँ, गर्पनलगायतका गाविसहरुमा नेवाको मात्रै ६ करोड ९७ लाख, विभिन्न गाविसहरुबाट १९ लाख र जनश्रमदानबाट ५१ लाखको लागतमा खानेपानीका आयोजना तथा सरसफाई कार्यक्रमहरु गरिएको नेवाका क्षेत्रीय प्रवन्धक दिनेश उप्रेतीले बताए । २०५१ सालबाट सुर्खेतमा विशेषगरी खानेपानी, शौचालय, सिंचाइलगायतका क्षेत्रमा नेवालेका काम गर्दै आएको छ ।
गतबर्ष सुर्खेतका कल्याण, दशरथपुर, सालकोटलगायतका गाविसमा ६ सय १ धारा निर्माणबाट १६ हजार ४ सय ६३ जनता लाभान्वित भएको, ५ हजार ६ सय ५८ विद्यार्थीहरुको पहुँच पुगेको, १ हजार ८३ सुलभ शौचालय बनेको जानकारी क्षेत्रीय प्रवन्धक उप्रेतीले दिए ।नेपाल स्वास्थ्यका लागि पानी (नेवा) नामक एक गैरसरकारी संस्थाले सुर्खेतमा गत बर्ष खानेपानी र सरसफाईको क्षेत्रामा मात्रै झण्डै ७ करोड लगानी गरेको छ । जिल्लाका सात गाविसमा २२ वटा आयोजनामार्फत ६ करोड ९७ लाख रुपैयाँ लगानी गरेको हो ।
सुर्खेतका गुटु, सालकोट, घाटगाउँ, कुनाथरी, लेखगाउँ, गर्पनलगायतका गाविसहरुमा नेवाको मात्रै ६ करोड ९७ लाख, विभिन्न गाविसहरुबाट १९ लाख र जनश्रमदानबाट ५१ लाखको लागतमा खानेपानीका आयोजना तथा सरसफाई कार्यक्रमहरु गरिएको नेवाका क्षेत्रीय प्रवन्धक दिनेश उप्रेतीले बताए । २०५१ सालबाट सुर्खेतमा विशेषगरी खानेपानी, शौचालय, सिंचाइलगायतका क्षेत्रमा नेवालेका काम गर्दै आएको छ ।
आगामी बर्ष सुर्खेतमा विभिन्न आयोजनामार्फत ५ करोड २ लाख रुपैयाँ खानेपानी तथा सरसफाईको क्षेत्रमा खर्च गर्ने लक्ष्य लिएको उनले बताए । त्यसमध्ये २ सय ८१ वटा धारा, ७ सय ५१ वटा चर्पी बनाउनुको साथै ८ हजार ८९ जनसंख्या लाभान्वित हुने दावी गरिएको छ ।
यसैगरी नेवाले सुर्खेतका १५ वटा गाविसका स्वास्थ्य संस्था, गाविस भवन र ८२ वटा विद्यालयहरुमा शौचलय भए नभएको सर्वेक्षणसमेत गरेको छ । जसमध्ये विद्यालयहरुमा शौचालय भएपनि पानीको अभावका कारण प्रयोगविहीन भएको, अपांगमैत्री नभएको, सरसफाईको अभावजस्ता समस्याहरु देखापरेको नेवाका मनप्रसाद वाग्लेले बताए ।
क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतका निमित्त प्रमुख सुरेश महाजुले आयोजना निर्माण भएपनि अनुगमन हुन नसक्दा प्रभावकारी बन्न नसकेको बताए । सुर्खेतका स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीले जिल्लाको खानेपानी र सरसफाईको क्षेत्रमा नेवाले ठूलो लगानी गरेको र विकट गाविसमा पनि यसैवर्षदेखि पुग्ने भएकोमा खुशी प्रकट गरे । उनले आयोजनाहरुमा बजेट अभावले गर्दा मर्मत, सम्भार गर्न नसकिएको उल्लेख गरे ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष कूलमणि देवकोटा, जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर ओमदत्त रेग्मीले कम प्रतिलफल आउने योजनामा बढी लगानी नगर्न सुझाव दिएका थिए ।
No comments:
Post a Comment