सुर्खेतपत्र संवाददाता
सुर्खेत ८ माघ ।
वीरेन्द्रनगर नगरपालिकाको आर्थिक वर्ष २०७०/०७१ को लागि २ करोड ८८ लाखको बजेट विनियोजन गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले सोमवार आर्थिक वर्ष २०७०/०७१ को लागि प्रस्तावित नीति, योजना तथा कार्यक्रमहरुका लागि २ करोड ८८ लाख विनियोजन गरेको जनाएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत यामलाल ढकालले सबै भन्दा धेरै ल्यान्डफिल साइट निर्माण सुधारको लागि ६० लाख रुपैयाँ विनियोजन गरेको जनाएका छन् । उनले कार्यालयका लागि सवारी साधन खरिद गर्नको लागि ४५ लाखको योजना रहेको बताए ।
सिटी बसपार्क निर्माणका लागि ४० लाख, साना तिना टुक्रे आयोजनाका लागि २२ लाख ५० हजार, विभिन्न कालोपत्रे सडक मर्मत सुधार गर्नको लागि १९ लाख ५० हजार, सडक तथा फुटपाथ निर्माण सुधार कार्यक्रम अन्तर्गत मंगलगढी चौकदेखि वीरेन्द्र चौकसम्मका लागि १५ लाखको योजना रहेको बताइएको छ । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक वर्ष २०७०/०७१ को लागि २ करोड ८८ लाखको बजेट विनियोजन गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले सोमवार आर्थिक वर्ष २०७०/०७१ को लागि प्रस्तावित नीति, योजना तथा कार्यक्रमहरुका लागि २ करोड ८८ लाख विनियोजन गरेको जनाएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत यामलाल ढकालले सबै भन्दा धेरै ल्यान्डफिल साइट निर्माण सुधारको लागि ६० लाख रुपैयाँ विनियोजन गरेको जनाएका छन् । उनले कार्यालयका लागि सवारी साधन खरिद गर्नको लागि ४५ लाखको योजना रहेको बताए ।
घण्टाघरको पार्क विकास तथा घडी मर्मतका लागि १० लाख, कालुञ्चोक एयरपोर्ट सडक सुधारका लागि ८ लाख, खोर्केलाइन सडक पिच, क्षमता विकास योजना कार्यान्वयनका लागि, भौगोलिक सूचना प्रणाली कार्यान्वयनका लागि, ग्रावेल खरिद गर्नका लागि ६ लाखका रहेको छ ।
यस्तै क्षेत्रीय अस्पताल भौतिक सुधार गर्नका लागि, वडा न. १ र २ को सीमाना बाटो सुधार गर्नका लागि, खोरिया सडक सुधारका लागि, मानव संशोधन विकास केन्द्र सुधार तथा अभिलेख व्यवस्थापन कार्यक्रमका र शहरी नापी सहकार्यका लागि ५/५ लाख रहेको कार्यालयले जनाएको छ । कार्यक्रममा स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीले नगरपालिकाको योजनाहरु विकास लागि उपयुक्त भएको बताए ।
No comments:
Post a Comment