सुर्खेतपत्र संवाददाता
सुर्खेत, ५ माघ ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री डा. बाबुराम भट्टराई १ नम्बरको राष्ट्रघाती र गद्दार भएको आरोप लगाएका छन् । उनले भट्टराई मुलुकको ३६ औं प्रधानमन्त्री भएपनि राष्ट्रघाती र गद्दारीमा नं. १ भएको बताए ।
एमाले निकट नेपाल निजामति कर्मचारी संगठन सुर्खेतको ९ औं जिल्ला अधिवेशनको शुक्रवार उद्घाटन गर्दै उनले एमाओवादीले देशलाई विदेशीसंग बन्धकी राखिसकेको र अव नेपालीलाई वेच्न मात्र बाँकी राखेको जनाए । उनले अव सम्पूर्ण नेपालीहरु, राजनीतिक दल एकजुट भएर आन्दोलनमा उत्रिए एमाओवादीको दिन चाँडै नै सकिने जिकिर गरे ।

पूर्व गृहमन्त्रीसमेत रहेका गौतमले देशका हरेक आन्दोलनमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै फेरिपनि हुने आन्दोलनमा कर्मचारीहरुको साथ र सहयोग आवश्यक रहेको बताए । कर्मचारी सगंठनहरुको हकहितका लागि आफू सदवै प्रतिबद्ध रहेको पनि उनले जनाए । कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष रेवन्त गौतमले कर्मचारीको हक तथा अधिकारको लागि सम्पूर्ण कर्मचारी संघसगंठनहरु एकजुट हुनुपर्नेमा जोड दिए । संगठनका केन्द्रीय महासचिव मोहनकृष्ण घिमिरेले कर्मचारीको माग उचित भएकोले पूरा हुनुपर्ने बताए । केन्द्रीय सदस्य मन्जु कोइरालाले कर्मचारी भित्रैपनि महिलामाथि हुने दमनको सम्पूर्ण कर्मचारी मिलेरै अन्त्य गर्नुपर्ने बताइन् ।
उद्घाटन सत्र नेपाल निजामति कर्मचारी संगठन सुर्खेतका अध्यक्ष केशरबहादुर डाँगीको अध्यक्षतामा भएको हो । आज शनिवारसम्म हुने अधिवेशनले ३ बर्षका लागि नयाँ कार्यसमिति समेत चयन गर्ने बताइएको छ । संगठनमा ५ सय बढी सदस्य रहेको दावी गरिएको छ । संगठनले सहमतिमा नयाँ कार्यसमिति चयन गर्ने दावी गरेको छ । संगठनले कर्मचारीहरुको हक, हितका लागि विगतदेखि नै काम गर्दै आएको र आगामी दिनमा पनि समर्पित रहने उल्लेख गरेको छ ।

No comments:
Post a Comment