चेलीबेटी बेच्ने गिरोह पक्राउ
सुर्खेतपत्र संवाददाता
सुर्खेत, ५ माघ ।
पूर्वी सुर्खेतको मैनतडा गाविसमा एक बाबुले आफ्नै छोरी बेचेको रहस्य खुलेको छ । बेचिएको छोरीले नै प्रहरीलाई आफ्नो बाबुले साढे २ बर्ष अघि बेचेको खुलासा गरेकी हुन् । मैनतडा गाविसका १८ बर्षीय रमा (नाम परिवर्तन)ले आफ्नो बाबुले आफूलाई भारु १५ हजारमा बेचेको बताइन् । इलाका प्रहरी कार्यालय छिन्चुले रमाका बाबुसहित अन्य ५ जनालाई पक्राउ गरेको छ । ४ जना फरार छन् । पक्राउ परेका सवैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रमाका बाबु रमेश (नाम परिवर्तन), सोही गाविसकै ५२ बर्षीय बिसे कामी, २२ बर्षीय ओमे मिजार, जसवीन कामी र तुलसी वादी रहेका छन् । सुर्खेतका प्रहरी प्रमुख एसपी विश्वनिरन्जन प्रधानका अनुसार घटनामा संलग्न भनिएका मानबहादुर बादी, सागर वादी, करिश्मा वादी र ओविलाल वादी भने फरार छन् ।
रमालाई साढे दुई बर्ष अघि भारतको नयाँदिल्लीमा कोठी संचालन गरेर बसेकी मैनतडाकै ममता वादीलाई जसवीन कामीले लगेकी थिइन् । त्यसपछि बाबु रमेश खोजी गर्दै गएपछि लिएर आउनु पर्नेमा उल्टै ममताबाट १० हजार रुपैयाँ लिएर घर फर्केको प्रहरीले जनाएको छ । पक्राउ परेकी तुलसी वादी ममताकी आमा र फरार करिश्मा बहिनी हुन्भने विसे, ओमे कोठी संचालनका सहयोगी हुन् । कोठीमा आउने ग्राहक एक भारतीय नागरिकसंग रमाको प्रेम बसेपछि ६ महिना अघि उनीहरुले कोर्ट म्यारिजसमेत गरेको बयान दिएको एसपी प्रधानले बताए । कोर्ट म्यारिज गर्दा रमाका श्रीमानले बाबुलाई फेरि भारु १० हजारपनि दिएका थिए । रमा श्रीमानसहित माइती सुर्खेत आएको बेला बाबुले धम्काएको र फर्केर फेरि भारत जाने क्रममा इलाका प्रहरी कार्यालय छिन्चुले उनीहरुलाई पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज प्रहरी निरीक्षक रमेश तामाङका अनुसार बसमा नयाँ अनुहार देखेर सोधपुछ गर्दा रमाले सवै कुरा बताएपछि सवैभन्दा पहिले बाबु रमेशलाई पक्राउ गरिएको हो । प्रहरी निरीक्षक तामाङले भने, ‘बसमा सोधपुछ गरेर तिम्रो बाबुलाई बोलाइदिन्छौं भन्दा रमाले नै मलाई मेरो बाबुले नै पहिला बेचेको हो भन्ने जवाफ दिएपछि अनुसन्धान प्रक्रिया अगाडि सुरु भएको हो ।’
प्रहरीले छोरीले नै बाबुले बेचेको भनेपछि त्यसपछि मैनतडामा अनुसन्धान सुरु गरेको जनाएको छ । पूर्वी क्षेत्रमा मानव बेचविखन को मौखिक जनगुनासाहरु आउने गरेको तर यस घटनाले बेचविखन कार्य भित्रभित्रै भइरहेको र त्यसमा घरकै मानिस संलग्न भएको पाइएको प्रहरी निरीक्षक तामाङले बताए । उनले मैनतडामा ६० प्रतिशत दलित बस्ती भएको, सानैमा विहे गर्ने, बहुविवाह गर्ने प्रवृत्ति र भारततिर काम गर्न जाने जस्ता समस्याहरु रहेको बताए ।
पक्राउ परेका बाबु रमेशले छोरी घरबाट भागेर गएको र फर्काएर ल्याउनुपर्नेमा ममताबाट १० हजार भारु लिएर फर्केको स्वीकारे ।
पक्राउ परेका पाँचै जनालाई विहीवार जिल्ला अदालतबाट सात दिनको म्याद थपेर हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ । उनीहरुलाई मानव बेचविखन तथा ओसारपसारको मुद्दामा अनुसन्धान थालिने सुर्खेतका प्रहरी प्रमुख एसपी प्रधानले बताए । उनले फरार भएकाहरुको पनि खोजी कार्य अगाडि बढाउने जनाए । मानव बेचविखनमा संलग्न भएको पुष्टि भएमा २० बर्ष कैद हुने प्रहरीको भनाइ छ ।

No comments:
Post a Comment