सुर्खेतमा बैंकर्स क्लव गठन

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ५ माघ ।
    सुर्खेतमा रहेका बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको एक भेलाले बाणिज्य बैंक सुर्खेत शाखाका प्रबन्धक यज्ञबहादुर बस्नेतको अध्यक्षतामा बैंकर्स क्लव सुर्खेत गठन गरिएको छ ।
    बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको शुक्रवार वीरेन्द्रनगरमा भएको भेलाले कर्मचारीहरुको हकहित सामूहिक निर्णय, संस्थागत मितव्ययिता तथा विभिन्न समस्याहरुको सामूहिक रुपमा समाधान गर्न बैंकर्स क्लव गठन गरिएको नवगठित क्लवका अध्यक्ष यज्ञबहादुर बस्नेतले जनाएका छन् ।
    नवगठित बैंकर्स क्लवमा प्रथम उपाध्यक्ष बागेश्वरी विकास बैंकका बद्रीप्रसाद शर्मा, द्वितीय उपाध्यक्षमा नेपाल बैंक लिमिटेडका विश्वराज अधिकारी, सचिवमा काँक्रेविहार विकास बैंकका जगतबहादुर थापा, सहसचिवमा ग्लोबल आइएमई बैंकका दिपक खनाल, कोषाध्यक्षमा सिटिजन्स बैंकका अरविन रेग्मी र सदस्यहरुमा शरद उपाध्याय, यज्ञबहादुर तिमिल्सिना, कृष्णराज जोशी, सन्तोष अधिकारी, महेश ज्ञवाली, विक्रान्त शाही, लिलाध्वज बस्नेत र शेखरकुमार नेपाल रहेका छन् ।
    भेलाले क्लवका वरिष्ठ सल्लाहकारमा काँक्रेविहार विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कर्णबहादुर सिंजाली र रारा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेश वमलाई राखेको जनाएको छ ।
 

No comments:

Post a Comment