अनेमसंघमा ढकाल

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १५ माघ ।
    एमाले निकट अखिल नेपाल महिला संघ सुर्खेतको अध्यक्षमा मोहनमाया ढकाल चयन भएकी छन् । संघको पाँचौ जिल्ला सम्मेलनले ढकालको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिमा उपाध्यक्ष नन्दा गुरुङ र तुल्सी शर्मा चयन भएका छन्भने सचिवमा धनकुमारी जिसी, कोषाध्यक्षमा पद्का ढकाल र कार्यालय सचिवमा राधा कार्की चयन भएका छन् ।
    संघको भावी योजना सार्वजनिक गर्दै अध्यक्ष ढकालले महिला हिंसाविरुद्धमा सम्वन्धित निकायलाई दवाव दिने, संघमा युवाहरुको सक्रिय सहभागिता बढाउने, क्षेत्रीय र वडा कमिटी गठन गर्ने, ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताका लागि माग गर्ने, पत्रकार डेकेन्द्रका हत्यारालाई कारवाहीको माग गर्ने र लागू औषध तथा कालावजारीको अन्त्यको लागि पहल जानकारी दिइन् ।
 

No comments:

Post a Comment