सुर्खेतपत्र संवाददाता
रुकुम, १५ माघ ।
वि.सं. २०६६ माघ ५ गते नै नेपाललाई कुष्ठरोग उन्मूलन भएको राष्ट्र घोषणा गरिए पनि रुकुममा भने कुष्ठरोगको अवस्था भयावह बन्दै गइरहेको जिल्ला अस्पतालले बताएको छ । विगतको तुलनामा हाल कुष्ठरोगका बिरामीको संख्या बढी पाइएको अस्पतालको भनाइ छ । विश्व कुष्ठरोग दिवसको अवसर पारी आइतबार जिल्ला अस्पतालले २५ कुष्ठरोगी जिल्लामा रहेको जानकारी गराएको हो । २३ जना उपचारका क्रममा रहेको र २ जना सम्पर्कमा रहेको जिल्ला अस्पतालका सिनियर अहेव तथा क्षय, कुष्ठरोग सुपरभाइजर दीपक विष्टले जानकारी दिए ।
विष्टका अनुसार महत गाविसका एक जनाबाहेक अरू अंगभंग भएका छैनन्, ती एकबाहेक अन्यमा यो रोग सुरुको चरणमा रहेको छ । जिल्लाका गोतामकोट, आठबिस डाँडागाउँ, आठबिसकोट, दुली, मग्मा, कोल, काँक्री र महत गाविसमा बढी कुष्ठरोगी रहेका छन् । गत वर्ष प्रतिदस हजारमा एक जनाभन्दा कम कुष्ठरोगी भएपनि यस वर्ष भने प्रतिदस हजारमा एक जनाभन्दा बढी अर्थात १.०३ प्रतिशत कुष्ठरोगी जिल्लामा रहेको तथ्यांक अस्पतालमा छ । वि.सं. २०६६ माघ ५ गते नै नेपाललाई कुष्ठरोग उन्मूलन भएको राष्ट्र घोषणा गरिए पनि रुकुममा भने कुष्ठरोगको अवस्था भयावह बन्दै गइरहेको जिल्ला अस्पतालले बताएको छ । विगतको तुलनामा हाल कुष्ठरोगका बिरामीको संख्या बढी पाइएको अस्पतालको भनाइ छ । विश्व कुष्ठरोग दिवसको अवसर पारी आइतबार जिल्ला अस्पतालले २५ कुष्ठरोगी जिल्लामा रहेको जानकारी गराएको हो । २३ जना उपचारका क्रममा रहेको र २ जना सम्पर्कमा रहेको जिल्ला अस्पतालका सिनियर अहेव तथा क्षय, कुष्ठरोग सुपरभाइजर दीपक विष्टले जानकारी दिए ।
अस्पतालका अनुसार पछिल्लो चार महिनामा मात्रै छ जना कुष्ठरोगी भेटिएका छन् जसमध्ये एक जना १४ वर्षमुनिका बालक छन् । ‘चेतना अभावमा कुष्ठरोग लुकिरहेको छ,’ कुष्ठरोग दिवसका अवसरमा अस्पतालमा गरिएको अन्तक्र्रियामा अस्पतालका सुपरभाइजर विष्टले भने, ‘गाउँघरमा कोरी भन्ने डरले अधिकांशले रोग लुकाउने गरेका छन् ।’
सबै सरोकार भएकाहरू र हरेक व्यक्ति सचेत नहुने होभने जिल्लाभर कुष्ठरोग फैलने चेतावनी अन्तक्र्रियामा सहभागी स्वास्थ्यकर्मीले दिएका छन् । गाउँघरबाट पूर्वजन्मको पापको कारणले कोरी हुन्छन् भन्ने धारणा कायमै रहेकाले यस सोचाइलाई परिवर्तन नगरेसम्म कुष्ठरोग पनि लुकिरहने भनाइ उनीहरूको थियो ।
No comments:
Post a Comment