सलमानलाई ५ सय करोड

    नायक सलमान खानलाई भारतीय टेलिभिजन कम्पनी स्टार इन्डियाले ५०० करोड रकम दिने भएको छ । सलमानले अभिनय गरेका सिनेमाहरु को टेलिभिजन प्रसारणका लागि ५ सय करोडमा सम्झौता गरिएको हो । स्टार इन्डियाका कार्यकारी निर्देशक संजय गुप्ताले यो अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता भएको बताए । अव सलमानले अभिनय गरेका सिनेमाहरु ५ बर्षसम्म स्टार च्यानलले मात्र प्रशारण गर्न पाउनेछ । सामाजिक संजालदेखि भारतमा समेत निक्कै चर्चामा रहेका सलमानको भाउ अहिले आकाशिएको छ ।
    उनले अभिनय गरेका सबैजसो सिनेमाले पछिल्लो समय १०० करोडको क्लबमा आफूलाई उभ्याइरहेका छन् । सलमानको अब किक, सोहेल खानले निर्देशन गर्न लागेको नयाँ चलचित्र, बोनी कपुरको नो इन्ट्रीको सिक्वेल, दबंग–३ लगायतका सिनेमाहरु निर्माण हुने क्रममा छन् ।
 

No comments:

Post a Comment